सिद्धबाबा सुरुङ मार्गको निर्माण सुस्त
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको बताउनुभएको छ । मन्त्री ज्वालाले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षणपछि सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै निर्माणमा गति दिन निर्देशन दिनुभयो ।
घरमा खर हटाएर टिनको छाना
दाङमा करिब दुई हजार घरमा टिनको छाना लगाइएको छ । खरको छानो हटाउने सरकारी कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा दुई हजार छ सय ८२ घरमा टिनको छाना लगाइएको हो । सङ्घीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खरको छाना हटाई टिनको छाना लगाइएको सघन सहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ बाट सो कार्यक्रम लागु भएको हो ।
बैङ्कका कर्मचारी मृत फेला
बुटवलको साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा कार्यरत कर्मचारी बुटवलको फूलबारीमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
हराएका बालक जङ्गलमा मृत फेला
गुल्मीमा १० दिनदेखि हराइरहेका बालक जङ्गलमा मृत फेला परेका छन् ।
अपाङ्गता भएकालाई निःशुल्क स्वास्थ्य सेवा
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्र रहेका दुईसय २४ जना अपाङ्गता भएका नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत् स्वास्थ्य सेवा प्रदान गरेको छ ।
टिप्परले ठक्कर दिँदा १३ जना घाइते
बाँकेको कोहलपुर नगरपालिका –३ मैटहवानजिक टिप्परले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।
झुटो उजुरी दिनेलाई कारबाही गर्न माग
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा झुटो उजुरी दिनेलाई कारबाही गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी
नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी हुनुभएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न ५० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
पूर्वविद्यार्थीद्वारा विद्यालयलाई आर्थिक सहयोग
पाल्पाको रामपुरस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीले रु दुई लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वसहसचिव तथा यस विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले हजुरबुबा लोकनाथ र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु दुई लाख एक हजार एक सय ५५ बराबरको रकम सहयोगस्वरुप अक्षयकोष स्थापना गर्न विद्यालयलाई सहयोग गर्नुभएको छ ।
‘नमुना काम गरेका छौँ’
पश्चिम नेपालको सुगम र ठुलो उपमहानगर नेपालगन्जसँगै जोडिएको छ, डुडुवा गाउँपालिका । विकास निर्माणमा छिटो अगाडि बढ्ने चुनौती सामना गर्दै नरेन्द्रकुमार चौधरी लगातार दोस्रो कार्यकालका लागि गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । शिक्षा, स्वास्थ्य, पशुपालन र कृषिका क्षेत्रमा देशमै नमुना काम गरेको उहाँको दाबी छ । प्रस्तुत छ, गाउँपालिकाका अध्यक्ष चौधरीसँग गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानले गर्नुभएको कुराकानी :
युडब्लुएसद्वारा १८ विद्यालय भवन निर्माण
युडब्लुएस नेपालले गुल्मीका ६ स्थानीय तहमा १८ वटा विद्यालय भवन निर्माण गरेको छ ।
किसानलाई वरदान बन्दै भेरी शीत भण्डार
पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यस क्षेत्रका किसानलाई वरदान साबित भएको छ । वि.सं.२०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि वरदान साबित भएको हो ।
निर्माण व्यवसायी सङ्घमा महिला नेतृत्व
लुम्बिनी निर्माण व्यवसायी सङ्घ जिल्ला कार्यसमिति रुपन्देहीको अध्यक्षमा मञ्जु भुसाल विजयी हुनुभएको छ । सङ्घमा पहिलो पल्ट महिला नेतृत्व स्थापित भएको हो ।
कमसल उप्काएर गुणस्तरीय कालोपत्रे
कोहलपुर नगरपालिका–१५ चौधरियामा निर्माण भइरहेको सडकको अनुगमन गर्दा गुणस्तरीय नबनेको पाइएकाले अनुगमन समितिको निर्देशनपछि कालोपत्रे उप्काएर नयाँ अस्फाल्ट पिच (गुणस्तरीय पक्की) बनाइएको छ ।
राजस्व चुहावट भएको आशङ्का
नेपालगन्ज भन्सार कार्यालयमा भन्सार तिरेको भए पनि राजश्व चुहावट भएको सूचनाको आधारमा चालु आर्थिक वर्ष २०८०–८१ मा नियमित जसो सवारी साधन नियन्त्रणमा लिई कारबाही गरिएको छ ।
लुम्बिनीमा विश्व शान्ति धाम पुन:निर्माण
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुनः सुरु भएको छ । एक समारोहबिच श्रमदान गर्दै धाम निर्माणको पुनः सुरुवात गरिएको हो। विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिङ रिन्पोछे, लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा. ल्यारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले ढुङ्गा बिच्काएर पुनः सुरुवात गर्नुभएको हो ।
विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि खेलाडी छनाैट
नेपालगन्जमा भएको प्रथम राष्ट्रियस्तरीय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइविपी च्याम्पियनसिपबाट ती खेलाडी छनोट गरिएको स्ट्रेन्थ लिफ्टिङ फेडेरेशनका महासचिव जिवन गिरीले बताउनुभयो ।
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ ।
चिनियाँ उपमन्त्री लुम्बिनीमा
चिनियाँ उपमन्त्री वाङ रुइजुनले लुम्बिनीको भ्रमण गर्नुभएको छ । उपमन्त्री वाङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले स्वागत गर्नुभएको थियो । चिनियाँ उपमन्त्री वाङ रुइजुनसहित प्रवासी मित्रता सङ्घका अध्यक्ष झाङ के, गुआङ्दोङ प्रान्तको जातीय तथा धार्मिक मामिला आयोगका निर्देशक गुआङ्दोङ, धार्मिक तथा सांस्कृतिक आदान प्रदान सङ्घका अध्यक्ष झाङ वेई सम्मिलित टोलीसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलगायतका विषयमा उपाध्यक्ष डा. लामाले ध्यानाकर्षण गराउनुभएको थियो ।
किसान आकर्षित नहुँदा मासिदै जौँ खेती
रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजाआजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।
नेपालको मुख्य रोग नै भ्रष्टाचार र गरिबी हो : सांसद भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार र गरिबी भएको बताउनुभएको छ । जेसिस महाधिवेशनको कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो ।
रुखबाट लडेर एकको मृत्यु
पाल्पाको तिनाउ गाउँपालिका –५ कोलडाँडाका ४६ बर्षीय शेरबहादुर गाहाको दालचिनी रुखबाट लडेर मृत्यु भएको छ ।
चार महिनामा ५२ क्षयरोगी भेटिए
बाँकेको कोहलपुर नगरपालिका क्षयरोगको उच्च जोखिममा रहेको छ । सो पालिकामा गत चार महिनामा ५२ जना क्षयरोगका बिरामी भेटिएका छन् ।