नेपालगन्जबाट नौ जुवाडे पक्राउ
तिहार नजिकिँदै गर्दा बाँकेमा जुवाडेहरू धमाधम पक्राउ पर्न थालेका छन् । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले नेपालगन्जबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ ।
किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ
गुल्मीमा १५ वर्षीया किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
तीन दिनभित्रै सबै ठाउँमा राहत पुग्छ : जनार्दन शर्मा
प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले रुकुमपश्चिमको भूकम्प प्रभावित ठाउँमा तीन दिनभित्रै राहत सामग्री पठाइ सक्ने बताउनुभएको छ । आज जिल्ला व्यवस्थापन समितिको बैठकमा उहाँले राहत वितरणको काम तीव्र पारिने बताउनुभयो ।
भेरी अस्पतालमा ४१ जना घाइतेको उपचार जारी, सातको शल्यक्रिया
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरू मध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले ४१ जनाको उपचार भइरहेको छ ।
राँझा विमानस्थलबाट आपत्कालीन उडान
जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपत्कालीन उडान भइरहेका छन् ।
व्यावहारिक ज्ञान सिक्दै विद्यार्थी
गत शुक्रबार रामपुर आधारभूत विद्यालय रामपुर –५ पाल्पाका विद्यार्थीले दीपावलीका लागि माटोको पाला तयार गरे । परम्परागत शैलीमा कपासको बाटी काट्न पनि उनीहरूले सिके ।
भूकम्पमा बाँचेका भन्छन् : ‘भाग्यले बचायो, अस्पताल आइपुगेका छौँ अब केही नहोला कि’
‘‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाइ च्यापिनुभयो”, ओठ कपाउँदै अनि आँखभरि आँसु बनाउँदै आफ्ना पीडा सुनाउनुभयो भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले ।
राहत कार्य एकद्वार बनाइने, प्रमुखको ६ महिनाको तलब भूकम्पपीडितलाई
विभिन्न सङ्घसंस्था एवम् स्थानीय सरकारले आफू अनुकलन राहत पठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रमा पठाइने राहत तथा सहयोग कार्यलाई एकद्वार बनाउने निर्णय गरेको छ ।
आगलागीले ३५ लाख बरावरको क्षति
गुल्मीको एक पसलमा आगलागी हुँदा ३५ लाख रुपियाँ बराबरको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका –७ देउराली चारपाला फेदीमा टोपबहादुर बस्नेतको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो ।
एमाले बाँकेले पठायो पाँच लाखको राहत सामग्री
नेकपा (एमालें बाँकेले जाजरकोटका भूकम्प प्रभावित नागरिकका लागि पाँच लाखभन्दा बढीको राहत सामग्री पठाएको छ । एमालेका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको नेतृत्वमा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिसहितको टोली पाँच लाख बढीको विभिन्न राहत सामग्रीसहित जाजरकोट जानु भएको हो ।
भूकम्पमा घाइते गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालियो
भूकम्पमा परी घाइते भई भएकी एक गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालिएको छ । भेरी अस्पतालमा उपचाररत नलगाड गाउँपालिका–६, जाजरकोटको १९ वर्षीया गर्भवती महिला जमुना बुढामगरको पेटबाट मृत बच्चा निकालिएको हो ।
भारत सरकारबाट प्राप्त राहत सामग्री भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो
भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ ।
१७ सय ग्राहकले बुझाए दुई करोड विद्युत् महसुल बक्यौता
लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लाहरूमा आठ दिनको अवधिमा १७ सय सेवाग्राहीबाट झन्डै दुई करोड बाँकी बक्यौता रकम असुल भएको छ ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम खारेज : स्थानीय सरकार मर्कामा
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम पूर्णरुपमा कटौती हुँदा मर्का परेको गुल्मीका स्थानीय सरकारका जनप्रतिनिधिले गुनासो गरेका छन् ।
भारत सरकारले दिएको राहत सामाग्री भूकम्प प्रभावित क्षेत्र पठाइँदै
भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्र पठाइने भएको छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो ।
विद्यार्थीलाई किताब बोक्न नपर्दा ...
नवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गर्नुभएको छ ।
गुल्मी प्रशासनमा भीड कम गर्न एक दिन अगावै टोकन वितरण
गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि एक दिन अगावै टोकन लिने व्यवस्था गरिएको छ । दशै तिहार जस्ता पर्वहरूको मौका छोपी राहदानी बनाउन आउनेको भीड लागेपछि एक दिन अगावै टोकन वितरण गर्ने गरिएको प्रशासनले जनाएको छ ।
विद्यालयमा ‘किताबरहित शुक्रबार’
पाल्पाका विद्यालयले ‘किताबरहित शुक्रबार’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई व्यावहारिक सिप सिकाएका छन् । जिल्लाको रामपुर नगरपालिकाभित्रका विद्यालयले किताबरहित शुव्रmबार कार्यक्रम सञ्चालन गरेका हुन् । यहाँका विद्यार्थीलाई व्यावहारिक ज्ञान तथा सिप सिकाउने उद्देश्यले व्यावहारिक सिप सिकाएका हुन् ।
तीन स्थानीय तहले भूकम्प प्रभावितलाई सहयोग गर्ने
कपिलबस्तुका तीन स्थानीय तहलाई भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन निर्णय गरेको छ । जिल्लाका बाणगंगा, कपिलबस्तु र बुद्धभुमि नगरपालिकाले भुकम्प प्रभावितका लागि ५ लाखका दरले आर्थिक सहयोग गर्ने भएका हुन् ।
गोल्डकपमा दुधौली सेमिफाइनलमा
बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा विदेशी टोली एभिनियर एफसी क्यामरुनलाई पराजित गर्दै दुधौली सेमिफाइनलमा प्रवेश गरेको हो ।
मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकामा आयोजना हुने ‘द एसेम्बली स्टेट अफ न्यूयोर्क’ र ‘अलबेनिक ३० औँ डिस्ट्रिक्ट’ कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक गोपाल शर्मा भट्टराईले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री खड्काद्वारा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको एक उच्चस्तरीय टोलीले आइतबार अपराह्न भेरी अस्पतालमा पुगेर घाइतेहरूको उपचार र स्वास्थ्यअवस्थाबारे जानकारी लिएको छ ।
एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउन आग्रह
बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउन आग्रह गरेको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय बैठकको निर्णयबमोजिम बुटवलभित्रका सङ्घ संस्था तथा क्लबलाई एकीकृत रूपमा राहत सामग्री पठाउन आह्वान गरेको हो ।
भारतीय वायुसेनाको विमान नेपालगन्ज आइपुग्यो
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामाग्री बोकेर आइतबार नेपालगन्ज विमानस्थलमा भारतीय वायुसेनाको विमान आइपुगेको छ ।