तिहारका लागि माला बुन्न भ्याइनभ्याइ
घोराही उपमहानगरपालिका –१३ निवासी इन्द्रा बुढालाई अहिले सयपत्रीको माला बुन्नलाई भ्याइनभ्याइ छ । तिहार पर्व सुरु भएसँगै बुढा सयपत्री पूmलको माला बुन्न व्यस्त हुनुभएको हो ।
बिरामी डिस्चार्ज भएपछि खाली भयो डिजास्टर वार्ड
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थ्ति भेरी अस्पतालमा उपचारका लागि ल्याइएका बिरामी निको भएर डिस्चार्ज भएपछि डिजास्टर (विपद्) वार्ड खाली भएको छ ।
निकुञ्जभित्रबाट ४० किलो सुकुटीसहित चार पक्राउ
पछिल्लो समयमा बाँके र बर्दिया निकुञ्जभित्र चोरीशिकारी गर्नेहरु बढ्दैगएको पाइएको छ । केही महिना यता आएर पटक पटक अवैध रुपमा निकुञ्जभित्र छिर्नेलाई सेनाको गस्ती टोलीले पक्राउ गर्दैआएको छ ।
तिहार मान्न घर आएका सैनिक जवानमाथि कुटपिट
बाँकेको राप्तीसोनारीमा गएराति एक सैनिक जवानमाथि कुटपिट भएको छ । कुटपिटबाट नेपाली सेनामा कार्यरत जवान गम्भीर घाइते हुनुभएको छ ।
खुकुरी प्रहार गरी युवकको हत्या
बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।
प्रहरीद्वारा डेढ लाखको प्लाष्टिकका माला जफत
बाँकेको नेपालगन्ज र कोहलपुरमा प्रहरीले प्लाष्टिक माला बिक्रीमा रोक लगाएको छ । तर बजारमा खुला रुपमा प्लाष्टिकका माला बिक्री भइरहेको छ ।
लक्ष्मीपूजाका दिनमा बाँकेका तीन स्थानमा आगलागी
एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत सर्ट भएर आगलागी भएको हो ।
तिहार नमनाउने मैकोट गाउँ
यतिबेला सबैतिर तिहारको रमझम छ । तिहारको तयारीमा सबै गाउँ तथा सहरका मान्छे जुटेका छन् । तर, रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ वडामा भने तिहारको कुनै मतलब छैन । यहाँका वडावासी परापूर्व कालदेखि नै तिहार मनाउँदैनन् ।
लक्ष्मीपूजामा जलाइएको दियोबाट सल्केर आगलागी
लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आगलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा आज साँझ आगलागी भएको हो ।
‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग निर्माण गरिने
‘बाँके र बर्दियाका विभिन्न ऐतिहासिक गाउँ र पर्यटकीय स्थललाई जोड्न लुम्बिनी प्रदेश सरकारले ‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग निमार्णका लागि डीपीआर सर्भे सुरु गरेको छ ।
कल्याणकारी कोष स्थापनार्थ देउसी भैलो
पत्रकार कल्याणकारी कोष स्थापनाका लागि प्रेस चौतारी नेपाल पाल्पा शाखाले देउसी भैलो कार्यक्रम गरेको छ ।
छोटी भन्सार पुनर्स्थापना गर्न प्रधानमन्त्रीसँग माग
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक ज्ञापनपत्र बुझाएर सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका छोटी भन्सार पुनः सञ्चालन गर्न माग गरेको छ ।
एकलैनी बजारमा तिहारको किनमेल
नेपालगन्जको सबैभन्दा पुरानो बजार एकलैनीमा तिहारको सामान किन्नेको भीड लागेको छ। तिहारको लागि किनमेल गर्नेको घुइँचो लागेपछि स्थानीय व्यवसायी खुसी देखिएका छन्। लक्ष्मी पूजा र भाइटीकाको लागि आवश्यक हरेक सामान एकै ठाउँमा पाइने भएकोले पनि एकलैनी बजारमा खरिद गर्नेको भीड लागेको हो।
ज्येष्ठ नागरिकका लागि पार्क निर्माण सुरु
गुल्मीको सदरमुकाम तम्घासको गेष्ट हाउस टोलमा ज्येष्ठ नागरिक पार्कको निर्माण कार्य सुरु गरिएको छ । रेसुङ्गा नगरपालिका १ मा अवस्थित पुरानो सिमलारुख भनिने हालको गेष्टहाउस टोलमा रहेको करिब ४ आनाको सार्वजनिक जग्गामा यहाँका स्थानीयले ज्येष्ठ नागरिक पार्क निर्माण गर्न सुरु गरेका हुन् ।
२५ बिघाभन्दा बढी जग्गामा व्यावसायिक फूलखेती
दाङमा २५ बिघाभन्दा बढी जमिनमा फूलखेती गरिएको छ । तिहारमा प्रयोग हुने प्लाष्टिक मालालाई हटाउँदै फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको हो ।
घाइते पाटे बाघको उद्धार
बर्दियाको ठाकुरबाबा नगरपालिका –२ कर्मलादेखि अगाडि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक घाइते पाटे बाघलाई नियन्त्रणमा लिएर उद्धार गरिएको छ ।
बुटवलमा तीनदिने दीपावली महोत्सव सुरु
बुटवलमा दीपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा शनिबार साँझदेखि तीन दिने दिपावली महोत्सव २०८० सुरु भएको हो ।
मण्डली कपको उपाधि निस्दी खेलकुद विकास समितिलाई
‘सातौं मण्डली कप–२०८०’ को उपाधी निस्दी खेलकुद विकास समिति पाल्पाले जितेको छ । दिपावली तथा छठ पर्वको अवसरमा भएको खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा मणीमुकुन्द भलिबल क्लव रुपन्देहीलाई ३–२ सेटले पराजित गर्दै उपाधी हात पारेको हो ।
पाँच लाखभन्दा बढीको अवैध पटका नष्ट
बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको अवैध पटका नष्ट गरेको छ । प्रहरीले अवैध रुपमा बरामद गरेका पाँच लाख बढी मूल्य बराबरको पटका नष्ट गरेको हो ।
स्थायी सरकार नहुँदा आर्थिक गतिविधिमा समस्या : कांग्रेस नेता राणा
प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले नेपालमा स्थायी सरकार नहुँदा ठूलो समस्या आएको बताउनुभएको छ ।
१७ वर्षपछि ७७ वटै जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा
प्रतिबन्ध लगाएको १७ वर्षमा सबै जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भएको छ । सन् २०१० मा दाङ जिल्ला पहिलो पटक डाइक्लोफेनेक मुक्त घोषणा भएको थियो ।
तोरी फुलेर पहेँलपुर बन्यो पाल्पा
पाल्पाका विभिन्न स्थानमा लगाइएको तोरी फुलेर पहेँलपुर भएका छन् । जिल्लाको विभिन्न स्थानका किसानले लगाएका तोरी यतिबेला फुलेर बारी पहेँलपुर बनेका हुन् ।
दुर्घटना न्यूनीकरण गर्न बस चालकलाई प्रशिक्षण
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस चालकलाई प्रशिक्षण दिइएको छ । यसले सवारी दुर्घटना र यसबाट हुने धनजनको क्षति न्यूनीकरण हुने पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ ।
भेरी अस्पतालबाट ४० जना घाइते डिस्चार्ज
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरूमध्ये ५८ जनालाई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । समयमै अस्पताल पुर्याउन सकिएको र अस्पतालबाट राम्रो उपचार सेवा पाएकाले उपचारका लागि विभिन्न माध्यमबाट अस्पताल लगिएकामध्ये हालसम्म ४० जना निको भएर घर फर्किएको भेरी अस्पतालले जनाएको छ ।