• १३ मंसिर २०८१, बिहिबार

रानीमहलबाट ८७ लाख राजस्व सङ्कलन

blog

बिन्दु थापा 

पाल्पा, पुस १० गते । नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ८७ लाख राजस्व सङ्कलन भएको छ । चालु गत आर्थिक वर्ष २०७९।०८० र चालु आर्थिक वर्ष २०८० र ०८१ को पाँच महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सत्र महिनामा उक्त रकम सङ्कलन गरेको हो ।

पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्त्व विभाग अन्तर्गत छ ।  विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले रानी महलको सरसफाइ, सौन्दर्यीकरण र व्यवस्थापन गर्दै आएको छ ।  रानीमहल व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको घुइँचो लागेको र राजस्वमा वृद्धि भएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीका अनुसार साउनदेखि मङ्सिरसम्ममा ६० हजार बढी पर्यटकले रानीमहलको अवलोकन गरेका छन् । दैनिक दुई सय बढी पर्यटक भित्रिने गरेका छन् ।