• १२ मंसिर २०८१, बुधबार

गुल्मीमा विशेषज्ञ डाक्टरसहितको अस्पताल सञ्चालनमा

blog

सञ्चालनमा आएको पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि । तस्बिर: तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस १० गते । गुल्मीमा अत्याधुनिक सुविधा सहितको अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खरज्याङमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि सञ्चालनमा आएको हो ।

एक जना विशेषज्ञ डाक्टर र दुई जना मेडिकल अफिसर सहित नियमित रूपमा अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका सञ्चालक सरोज पाण्डेले जानकारी दिनुभयो । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र खरज्याङ पब्लिक हेल्थ क्लिनिकको संयुत लगानीमा १५ शय्याको अस्पताल सञ्चालनमा आएको कार्यकारी निर्देशक नारायण प्रसाद अर्यालले जानकारी दिनुभयो ।

अस्पतालले नाफामुखी भन्दा पनि सेवामूलक तरिकाले सेवा प्रदान गर्ने आफूहरूको प्रमुख उद्देश्य रहेको अर्यालले बताउनुभयो । गुल्मी, पाल्पा र अर्घाखाँचीका गरी कूल एक लाख बढीले अस्पतालबाट सेवा लिने अनुमान गरिएको छ । 

हालसम्म अस्पताल निर्माणमा सात करोड खर्च भई सकेको जनाएको छ । १४ गते अस्पतालको बिधिवत रूपमा उद्घाटन गर्ने र अस्पतालमा विशेषज्ञ शिविर आयोजना गरिएको  अस्पतालले जनाएको छ ।