• १५ मंसिर २०८१, शनिबार

'जलस्रोतको विकासबाट मात्रै देशमा समृद्धि हासिल गर्न सकिन्छ'

blog

मन्त्री बस्नेतलाई नेपालगन्ज विमानस्थलमा स्वागत गरिँदै । तस्बिर : सिराज खान ।

सिराज खान

नेपालगन्ज, पुस ९ गते । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोतको विकासबाट मात्रै देशमा समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । दश हजार मेघाबाट बढी विद्युत उत्पादन गर्ने राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि कर्णाली चिसापानीको स्थलगत निरीक्षणका लागी जाने क्रममा सोमबार नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग छोटो कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

खेर गई रहेको जलश्रोतलाई उपयोग गरी सिँचाइ र जलविद्युत उत्पादन गरी आत्म निर्भर अर्थतन्त्रको विकास गर्ने सरकारी लक्ष्य रहेको मन्त्री बस्नेतको भनाइ छ । मन्त्री बस्नेत सँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोली नेपालगन्ज हुँदै कैलालीतर्फ लागेको छ । कर्णाली नदीमा बाँध निर्माण गरी रानी जमरा सिँचाइ आयोजनाका साथै हालको कर्णाली पुलभन्दा ४ किलोमिटर उत्तर बाँध निर्माण गरी १० हजार ८ सय मेगावाटको जलाशय युक्त आयोजना निर्माण गर्ने सरकारी लक्ष्य छ । 

यस्तै, कैलाली जिल्लाको सम्पूर्ण भूभाग सिँचाइ गर्ने उद्देश्यका साथ सुरु गरिएको रानी जमरा सिँचाइ आयोजना हेडवक्सको समेत सो टोलिले निरीक्षण गर्ने कार्यक्रम छ ।