कोदो उत्पादनमा कमी
गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा कमी आएको छ । प्रत्येक वर्ष कोदो उत्पादनको क्षेत्रफल घटे पनि उत्पादनमा भने त्यति गिरावट आएको थिएन तर यस वर्ष गत वर्षको तुलनामा ११.५० प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
सिकलसेल नियन्त्रण गर्न दुई पालिकाविच सहमति
थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचान र नियन्त्रण गर्न बाँकेका दुई पालिकाले सहकार्य गर्ने सहमति गरेका छन् ।
नौवस्ता बालसुधार गृहका बालबन्दीबिच झडप
बाँकेको नौवस्तामा रहेको बालसुधार गृहका बालबन्दीबिच विवाद हुँदा झडप भएको छ । बाँकेको बैजनाथ –३, गाभरस्थित नौवस्तामा रहेको क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बाल बिज्याइँकर्ताबिच तनाव उत्पन्न हुँदा झडप भएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले जानकारी दिनुभयो ।
आगोलागीबाट एक घरमा क्षति
आगोलागीबाट पाल्पाको एक घरमा क्षति भएको छ । रामपुर नगरपालिका –८ एक्लेटार खम्चुवास्थित रामप्रसाद न्यौपानेको घरमा आगोलागी हुँदा घरमा क्षति पुगेको हो ।
बेचबिखनको जोखिममा रहेका २४ हजार महिला तथा बालबालिकाको उद्धार
नेपालगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकमा जान लागेका करिब २४ हजार महिला तथा बालबालिकाहरूको उद्धार गरिएको छ ।
बाँकेमा हुस्सु र कुहिरोका कारण हवाई उडान प्रभावित
बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो अत्यधिक बढ्दै गएको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित हुँदै गएको छ भने अर्कोतिर यहाँबाट सङ्घीय राजधानी र पश्चिम नेपालका विभिन्न पहाडी जिल्लामा हुने हवाई उडानहरू प्रभावित भएका छन् ।
बिहेमा हुने भोज खर्च कटाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर
बिहेको भोजमा खर्च गर्ने रकमलाई कटौती गर्दै सञ्चारकर्मी मोहन बस्नेतले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर चलाउनुभएको छ । शिविरबाट चार सय जनाले सेवा लिएका छन् ।
बालबालिकामा बढ्दै ‘स्क्रब टाइफस’
बाँकेका अस्पतालमा ‘स्क्रब टाइफस’ रोगका बिरामी बालबालिका उपचारका लागि आउने क्रम बढेको छ । कान्ति आरोग्य हस्पिटलका वरिष्ठ बालरोग विशेष डा. रोमा बोहोराले दैनिक जस्तो ‘स्क्रब टाइफस’ का बिरामी बालबालिका अस्पतालमा उपचारका लागि आउने गरेका जानकारी दिनुभयो । उहाँले बालबालिकामा ‘स्क्रब टाइफस’ देखिन थालेपछि उपचारका लागि अस्पताल आउने बढ्दै गएका बताउनुभयो । डा. बोहोराका अनुसार ‘स्क्रब टाइफस’ एक किसिमको सरुवा रोग हो । यो रोग किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्छ । यो रोग माइटमा पाइने ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने गर्छ ।
दुई विधेयक पारित दुई ऐन संशोधन
बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा ऐन संशोधन गर्दै सकिएको छ । नगर सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलस्रोत उपयोग विधेयक, २०८० र छाडा पशुचौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक, २०८० नगर प्रमुख खेलराज पाण्डेयले छलफलपछि सर्वसम्मतिले पारित गरेको जानकारी दिनुभयो ।
कक्षा एकमा मात्रै मातृभाषा
दाङको घोराही उपमहानगरपालिकाले अघिल्लो कार्यकालमा उपमहानगर क्षेत्रका विद्यालयमा मातृभाषामा पढाउने निर्णय ग¥यो । झन्डै तीन वर्षअघि गरिएको यो निर्णय कार्यान्वयनका लागि लागेको उपमहानगरले नगर क्षेत्रमा थारू भाषाको पढाइ सञ्चालन गर्ने निधो गरेको थियो । उपमहानगरको यो निर्णयउपलब्धिमूलक देखिएन ।
वनभोज खान हिँडेको बस दुर्घटना २० जना घाइते
बर्दियाबाट दाङ दंगीशरण गाउँपालिकाको चखौरा वनभोजका लागि आएको गाडी दुर्घटना भएको छ ।
बाँझो जमिन भाडामा लिएर खेती
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले बाँझो जमिन भाडामा लिई स्थानीय उत्पादनलाई वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गरेको छ । १४५ रोपनी बाँझो जमिन खनजोत गरी हाल प्याज खेती गरिएको छ । बढ्दो बसाइँसराइले गाउँका जमिन बाँझो हुनुका साथै बेरोजगारी बढेको भन्दै रोजगारीको सिर्जना र आर्थिक उत्पादन वृद्धि गरी आत्मनिर्भर नगरपालिका बनाउन बाँझो जग्गा उपयोगको कार्यक्रम ल्याइएको नगर प्रमुख झविलाल थापाले बताउनुभयो । नगरपालिकाले बाँझो रहेका जग्गाधनीसँग सम्झौता गरी पहिलो चरणमा प्याज खेतीको सुरुवात गरेको हो
कुषाणकालीन इनारको उत्खनन
वर्षौंदेखि बाढीसँगै बगिरहेको निपनियाको पुरातात्त्विक महत्त्वको सम्पदालाई आकस्मिक उद्धार उत्खनन (रेस्क्यु एस्काभेसन) गर्न थालिएको छ । लुम्बिनी विकास कोषले पुरातत्त्व विभागसँगको सहकार्यमा कुषाणकालीन माटोद्वारा निर्मित इनारको आकस्मिक उद्धार उत्खनन गर्न थालेको हो ।
मौरीपालन व्यवसायमा जम्दै मानबहादुर
गुल्मीको गुल्मी दरबार गाउँपालिका –१, बलिथुमका मानबहादुर फुङ्जेली मौरीपालन व्यवसायमा हुनुहुन्छ । उहाँ बिहान उठेदेखि साँझ अबेरसम्म मौरीको हेरचाहमा व्यस्त रहने गर्नुभएको छ ।
लागुपदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कडाइ
पछिल्लो समय बाँकेका विभिन्न ठाउँमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले विभिन्न प्रकारका चेकजाँच र सचेतना कार्यक्रमलाई तिव्रता दिएको छ ।
भारतीय कब्जामा रहेको सरकारी भवन प्रशासनले खाली गरायो
बाँकेमा बर्षौं अघिदेखि एक भारतीय नागरिकले कब्जा गरी अनाधिकृत रुपमा प्रयोग गर्दैआएको एक सरकारी कार्यालयको एउटा भवन बाँके प्रशासनले खाली गराएको छ ।
शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो
नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शीतगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।
‘राम साइला’ बजारमा
बाँकेका श्रष्टा मणि अर्यालले प्रभा बर्ताैलासँगको संयुक्त शब्द रचनामा तयार पार्नु भएको ‘राम साइला’ साङ्गीतिक एल्बम बजारमा आएको छ । मणि अर्यालको सातौँ गीत कोसेली ‘राम साइला’ सार्वजनिक भएको हो ।
सामुदायिक क्याम्पसको प्राध्यापकको पीडा: विद्यार्थी घटे
सरकारी स्तरबाट सामुदायिक क्याम्पसलाई बचाइराख्न प्रयास नभएको भन्दै सामुदायिक क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरुको छाता सङ्गठन पब्लिक क्याम्पस प्राध्यापक सङ्घले सरकारलाई आग्रह गरेको छ ।
भारतमा पदक जितेर फर्किएका खेलाडीलाई सम्मान
भारतको हैदराबादमा भएको १०औँ वर्ल्ड स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेर फर्किनु भएका नेपालगन्जका डा. प्रतीक श्रेष्ठ र रजत पदक विजेता सन्तोषकाजी शाक्यलाई यहाँ सम्मान गरिएको छ ।
खेलाडी सवार बस दुर्घटना : एकको मृत्यु, १३ घाइते
मकवानपुरमा सञ्चालन भएको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको टोली सवार गाडी दुर्घटना हुँदा १ खेलाडीको मृत्यु भएको छ ।
गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु
गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । यही पुस ९ गते र १२ गते एक बिरामीलाई डायलासिस सेवा प्रदान गरेसँगै अस्पतालमा अब नियमितरुपमा सेवा सुरु हुने भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका–८ का देविराम खनालको अस्पतालले सफल डायलासिस गरेको हो ।
जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै
अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । नेपालगन्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताउनुभयो ।
विकास आयोजना समयमै सम्पन्न गर्न निर्देशन
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन गरेको छ ।