दुर्घटना बढेपछि ‘टाइम कार्ड’ लागु
केही दिनअघि तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सख्त घाइते भएका पश्चिम दाङका एक किशोरको उपचारको क्रममा ज्यान गयो । उनको ज्यान जानुका कारण तीव्र गति भएको पुष्टि प्रहरीले ग¥यो । गत सोमबार विद्यालयबाट घर फर्कंदै गरेका आठ वर्षीय बालक सागर चौधरीलाई यात्रुवाहक बसले तुलसीपुर उपमहानगरपालिका–१८, दुधरासमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो ।
बर्सिन घाँसखेतीले किसानलाई सहज
घोराही उपमहानगरपालिका-६ का किसान भीमबहादुर डाँगीले दुई दुहुँना भैँसी, दुई पाडापाडी र छ बाख्रा पाल्नुभएको छ । उहाँले घर नजिकैको एक बिघा खेतमा बर्सिन घाँसखेती गर्नुभएको छ । उहाँलाई भैँसी र बाख्रा पाल्न सजिलो भएको छ ।
‘नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय छ’
मुलुकमा धार्मिक साम्प्रदायिकताविरोधी आवाज उठिरहेको बेला रुपन्देहीबाट धार्मिक सद्भावको सन्देश दिइएको छ।
मापदण्ड विपरीत सञ्चालनमा रहेको पानी उद्योगलाई ५० हजार जरिवाना
नेपालगन्जमा सञ्चालनमा रहेका पानी उद्योगमा अनुगमन गर्दा मापदण्ड विपरीत पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
राष्ट्रपतिको उपस्थितिमा जितगढी किल्ला हस्तान्तरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल आउनुहुने भएको छ । शुक्रबार बुटवलमा हुने जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि राष्ट्रपति पौडेल बुटवल आउन लाग्नुभएको हो ।
विद्यार्थीलाई नमुना युवा संसद्को अभ्यास
सङ्घीय संसद्को झल्को दिनेगरी यहाँको सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीलाई नमुना युवा संसद् अभ्यास गराइएको छ । यसरी सङ्घीय संसद्को झल्को दिनेगरी सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीलाई नमुना युवा संसद्को अभ्यास गराइएको हो ।
अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन सम्पन्न
अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष दीपक थापाको अध्यक्षता महासचिव नारायण भुसालले सञ्चालन गर्नुभएको थियो ।
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोेखरेलले जानकारी दिनुभयो ।
घोषणामै सीमित ‘ढाका राजधानी’
तानसेनलाई ढाका कपडाको राजधानी घोषणा गरिएको दुई वर्षमा पनि उत्पादनलाई प्रोत्साहन गर्ने खालका केही कार्यव्रmम ल्याइएको छैन । २०७८ साल चैत १२ गते तानसेनलाई ढाकाको राजधानी घोषणा गरिएको थियो । ढाकाको राजधानी घोषणा गरेपछि ढाकाका कपडा उत्पादनमा वृद्धि हुने र ढाकाका कपडाको उपयोगबारे नीति बन्ने अपेक्षा व्यवसायीको थियो । ढाकालाई ब्रान्डिङ गर्न ‘राजधानी’ घोषणा गरिए पनि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबाट कुनै सहयोग नपाएको उद्योगीले बताएका छन् । तानसेनस्थित पौड्याल ढाका उद्योगका सञ्चालक मनोज पौडेलका अनुसार सो घोषणापछि ढाका कपडा व्यवसायीले प्रशिक्षण, प्राविधिक सहयोग, तालिम केन्द्रको व्यवस्थालगायत सहयोगको अपेक्षा गरिएको थियो ।
कैदीबन्दीलाई मनोसामाजिक परामर्श
जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरूको मनोबल उच्च राख्न उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइएको छ ।
थारु आयोगको प्रतिवेदन प्रमुखलाई हस्तान्तरण
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई थारु आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ । आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले प्रतिवेदन प्रमुख शेरचनलाई बुझाउनुभएको हो ।
माघ सांस्कृतिक महोत्सव हुने
थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव हुनेभएको छ ।
आगलागीपीडितलाई युएईको सहयोग
पाल्पाली समाज युएईले आगलागी पीडितलाई एक लाख रुपियाँ सहयोग प्रदान गरेको छ । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका पाल्पालीको साझा संस्था पाल्पाली समाजले निस्दी गाउँपालिका –३ क्याङ्गरुङ्ग गिन्चिसका श्यामबहादुर पल्लीको परिवारलाई रकम सहयोग गरेको हो ।
तरकारी खेतीमा बालबन्दीहरु
“तरकारी खेती गर्न थालेदेखि हामी यसैको मलजल र गोडमेलमा यति व्यस्त हुन्छौँ कि हामीलाई दिन बितेको पत्तै हुँदैन”, यो भनाइ हो-बाँकेको डुडुवा गाउँपालिका-६ असमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा रहेका बाल बन्दीहरुको ।
काटिएको विद्युत् लाइन जडान गर्न उद्योगीको माग
रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगले विद्युत् काटिएका उद्योगको लाइन पुनः निःशर्त जडान गर्न माग गरेका छन्। उनीहरूले थप उद्योगको लाइन नकाट्न माग गर्दै शुक्रबारसम्म लाइन काटिएका उद्योगको विद्युत् लाइन जडान नगरिएमा १९ वटा उद्योग एकैसाथ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।
विपन्नलाई निःशुल्क विद्युत मिटर वितरण
छत्रकोट गाउँपालिकाले अति विपन्न २४ जनालाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ । गाउँपालिकाभित्रका २४ जना विपन्नलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
रुख काट्ने क्रममा एक जना घाइते
गुल्मीमा रुख काट्नेक्रममा एक जना व्यक्ति घाइते हुनुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका ५२ वर्षीय पूर्णबहादुर पचभैया घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाइमा ६ प्रतिबद्धता
बाँकेको जानकी गाउँपालिकाको आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा ६ वटा प्रतिबद्धता गरिएको छ । जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता विषयमा गरिएको सार्वजनिक सुनुवाइमा सरोकारवाला र सहभागीहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेपालगन्जको तापक्रम ७.८ डिग्री, चिसोले जनजीवन प्रभावित
गत केही दिन यता सुरु भएको हुस्सु र कुहिरोसँगै बिहान बेलुका चल्ने शीतलहरले नेपालगन्जमा अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
चार विधेयक पारित
लुम्बिनी प्रदेश सभाले एक वर्ष पूरा गरेको छ । यो एक वर्षको अवधिमा ३५ वटा बैठक बसेका छन् । पहिलो अधिवेशनको १० र दोस्रो अधिवेशनको २५ वटा गरी ३५ बैठक बसेका छन् । सो बैठकमा ५७ घण्टा ३३ मिनेट छलफल भएको देखिन्छ । प्रदेश सभाले सो अवधिमा एउटा मूल विधेयक बनाउन सफल भएको छ र आठ वटा विधेयक प्रस्तुत भएका छन् । ती विधेयकमध्ये चार वटा पारित भएको संसद् सचिवालयले जनाएको छ ।
गुल्मीमा आगो ताप्ने क्रममा जलेर घाइते
गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते हुनुभएको छ । जिल्लाको इस्मा गाउँपालिका( ६ अमरपुरका ६९ वर्षीय मुना महत आगो ताप्ने क्रममा जलेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर
बाँकेको कोहलपुरमा महिलाका लागि स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा व्यवस्थापन निशुल्क शिविर सञ्चालन भएको छ ।
जब्दीघाट पुल निर्माणका लागि जनअभियान
गुलरिया र बारबर्दिया जोड्ने जब्दीपुलको निर्माणको मागको राख्दै जनअभियान सञ्चालन गरिएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्रको पहलमा सो अभियान सञ्चालन भएको हो ।
मदानेमा कृषि प्रदर्शनी मेला
गुल्मीको मदाने गाउँपालिकामा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/०८१ स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको वडा नम्बर–६ पुर्कोटदहस्थित कृषि हाट बजारमा कृषि तथा पशुपन्क्षी प्रदर्शन गरिएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो।