• १२ असोज २०८१, शनिबार

कैदीबन्दीलाई मनोसामाजिक परामर्श

blog

कैदी बन्दीलाई उत्प्रेरणा र मनोसामाजिक परामर्श दिंदै । तस्विर : सिराज खान

सिराज खान

नेपालगन्ज, पुस १८ गते । जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरूको  मनोबल उच्च राख्न उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइएको छ । 

सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जले कारागारका कैदी बन्दीलाई निःशुल्क कानुनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, सिप तथा उद्यमशीलता, उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइएको हो । 

सामुदायिक सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दीपेन्द्र जोशीले बाँके कारागारमा रहेका कैदी बन्दीलाई सिपमूलक स्वरोजगार, आयआर्जन र व्यवसायबारेमा पनि निःशुल्क परामर्श दिइएको बताउनुभयो । 

उहाँले उनीहरूलाई नेपालगन्जको सुनाखरी रेष्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले सिपमूलक व्यवसाय र स्वःरोजगारीलगायतका विषयमा परामर्श दिनुभएको जनाउनुभयो । 

कैदीबन्दीलाई तनावको व्यवस्थापन, तथा रोजगारीको सम्भवनालगायतका विषयमा थुप्रै सम्भावना र दीर्घकालीन सफलता प्राप्त गर्ने आधारका बारेमा प्रशिक्षण दिइएको सामुदायिक सेवा केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार व्यवसाय सञ्चालन गर्दाको फाइदा, बेफाइदा, सङ्घर्षलगायतका बारेमा पनि कैदीबन्दीसँग अनुभव आदान प्रदान गरिएको छ । सामुदायिक सेवा केन्द्रका अध्यक्ष जोशीले कारागारका कैदीबन्दीलाई नियमित रूपमा मनोसामाजिक परामर्श सेवा दिइँदैआएको जनाउँदै निःशुल्क कानुनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, उद्यमशीलता, उत्प्रेरणा, मनोसामाजिक परामर्श, प्रशिक्षण कार्यक्रम गरिएको बताउनुभयो ।