• ६ जेठ २०८१, आइतबार

अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन सम्पन्न

blog

काठमाडौं, पुस १९ गते । अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष दीपक थापाको अध्यक्षता महासचिव नारायण भुसालले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा समाजका उपाध्यक्ष नेत्र प्रसाद पन्थीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा समाजका संरक्षक बाबुराम पौडेलले विगतदेखि आजसम्म समाजका गतिविधि, उपलब्धि एवम् आगामी दिनमा समाजले गर्नुपर्ने कामको विषयमा चर्चा गर्नु भएको थियो ।

अध्यक्ष दीपक थापाले २०२१/२३ कार्यकालमा भएका समाजका गतिविधिका विषयमा अवगत गराउनुहुँदै आगामी कार्यसमितिलाई मार्गप्रशस्त गर्दै कार्यसमिति विघटन गर्नुभएको थियो ।

दोस्रो चरणमा बन्द सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष दीपक थापाले गर्नु भएको थियो । निर्वाचन समितिका संयोजक बाबुराम पौडेलले बन्द सत्रको सञ्चालन गर्नुभएको थियो । बन्द सत्रमा निवर्तमान महासचिव नारायण भुसालले साङ्गठनिक प्रतिवेदन, निवर्तमान कोषाध्यक्ष टोप ब। घर्ती मगरले आर्थिक प्रतिवेदन र निवर्तमान सचिव अर्जुन आचार्यले विधान संशोधन प्रस्ताव पेस गर्नु भएको थियो । उक्त प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको थियो ।

निर्वाचन समितिले निर्वाचनको प्रक्रियाअन्तर्गत सर्वसहमतिका लागि आगामी कार्यसमितिका पदाधिकारी एवम् सदस्यको नाम प्रस्ताव गरेको थियो ।

उक्त विषयमा थप छलफल पश्चात् आगामी नेतृत्वको नाम बन्द सत्रको हलले पारित गरेको थियो।आगामी कार्यकालका लागि कृष्ण केसीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । बाँकी तीन सदस्य कार्यसमितिले मनोनीत गर्ने छ । अधिवेशन पश्चात् नवनिर्वाचित कार्यसमितिको पहिलो पूर्ण बैठक पनि सम्पन्न भएको छ ।