• १२ असोज २०८१, शनिबार

माघ सांस्कृतिक महोत्सव हुने

blog

पत्रकार सम्मेलन गरेर माघ महोत्सवका बारेमा जानकारी गराइँदै ।

लीलाधर वली

घोराही, पुस  १८ गते । थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव हुनेभएको छ । 

थारु कल्याणकारिणी सभा दाङको आयोजना तथा मटाँवा महासघ दाङ, थारु पत्रकार सङ्घ दाङ, राष्ट्रिय थारु कलाकार मञ्च दाङ, थारु विद्यार्थी समाज दाङ, ख्याल बगाल लगायतका विभिन्न सङ्घ संस्थाको समन्वयमा माघको २० र २१ गते महोत्सव आयोजना गर्न लागिएको हो । 

थारु भाषा, कला, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले माघ सांस्कृतिक महोत्सव आयोजना गर्न थालिएको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक अशोक चौधरीले जानकारी दिनुभयो ।  

महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार, माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिने भएको उहाँले जानकारी दिनुभयो । थारु कल्याणकारिणी सभा दाङले प्रत्येक वर्ष माघीका अवसरमा घोराहीमा महोत्सवको आयोजना गर्दैआएको छ ।