• १४ असार २०८१, शुक्रबार

रुख काट्ने क्रममा एक जना घाइते

blog

फाइल तस्बिर ।

रमेश विश्वकर्मा

गुल्मी, पुस १८ गते । गुल्मीमा रुख काट्नेक्रममा एक जना व्यक्ति घाइते हुनुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका ५२ वर्षीय पूर्णबहादुर पचभैया घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

डिएसपी पाण्डेका अनुसार आज बुधबार बिहान करिब ९ः३० बजेको समयमा घाइते पचभैयालाई आफ्नै भाइ भोजबहादुर पचभैयाले सल्लाको रुख (ढाल्ने) काट्ने क्रममा रुखमा बाँधेको डोरीले उछिट्याएपछि उहाँ घाइते हुनुभएको बुझिएको छ । 

डोरीले उछिट्याउँदा करिब १२ फिट तल सडकमा खसेर घाइते हुनुभएको छ । जिल्ला अस्पताल तम्घासमा उपचारपछि भैरहवा मेडिकल कलेजमा रिफर हुनुभएका घाइते पचभैयाको छातीको बायाँतर्फको पाँच वटा करङ र बायाँतर्फको हिपको हड्डी फ्याक्चर भएको बताइएको छ । उहाँको स्वास्थ्य अवस्था मध्यम रहेको  डिएसपी पाण्डेले बताउनुभयो ।