• १५ मंसिर २०८१, शनिबार

द्वन्द्वकालमा श्रेस्ता जल्दा विवरण एकिन गर्न कठिन

blog

राष्ट्रिय भूमी आयोगले राखेको भूमी व्यवस्थापनका समस्या र चुनौति विषयमा पाल्पाका राजनीतिक दल स्थानीय सरकार र स्थानीय बुद्धिजीवीसँग छलफल कार्यक्रम । तस्बिर : बिन्दु थापा

बिन्दु थापा
पाल्पा, पुस ६ गते ।
द्वन्द्वकालमा मालपोत कार्यालयका श्रेस्ता जलेर नष्ट हुँदा सरकारी सार्वजनीक जग्गाको विवरण एकिन गर्न कठिनाए भएको राष्ट्रिय भूमी आयोग जिल्ला समिति पाल्पाले जनाएको छ ।

राष्ट्रिय भूमी आयोग जिल्ला समिति पाल्पाका प्रमुख मोहन गैरेले द्वन्द्वकालमा नापी कार्यालयको फिल्ड बुक एवम् मालपोत कार्यालयका श्रेस्ता जलेर नष्ट हुँदा जग्गाको विवरण एकिन गर्न समस्या भएको बताउनुभयो ।

प्रमुख गैरेले भन्नुभयो, “मालपोत कार्यालयबाट तयार गरिएको सरकारी सार्वजनीक जग्गाको विवरण अपूर्ण छ । जग्गाधनी पुर्जा समेत केही कित्ताहरु दोहोरो परेको भेटिदा यसलाई संशोधन गर्नका लागि प्रमाणको अभाव छ ।”

यसका लागि दक्ष जनशक्तिको समेत अभाव भएकाले खोज तथा अनुसन्धान गर्न समेत कठिनाइ भएको प्रमुख गैरेको भनाइ छ ।

राष्ट्रिय भूमी आयोगले राखेको  भूमी व्यवस्थापनका समस्या र चुनौति विषयमा पाल्पाका राजनीतिक दल स्थानीय सरकार र स्थानीय बुद्धिजीवीसँग छलफल कार्यक्रममा बोल्दै राजनीतिक दलका प्रमुखहरुले स्थानीय सरकारले यसमा सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।