• २४ असार २०८१, सोमबार

ट्याक्टरबाट खसेर किशोरीको मृत्यु

blog

लीलाधर वली

घोराही, पुस ४ गते । दाङमा ट्याक्टरबाट खस्दा एक किशोरीको मृत्यु भएको छ । ट्याक्टरमा सवार घोराही उपमहानगरपालिका –१८ प्रगतिटोल निवासी १७ बर्षीया माया घर्तीमगरको मृत्यु भएको हो । 

ट्याक्टरबाट खस्दा घाइते हुनुभएकी मायालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार मंगलबार दिउँसो घोराही –१८ रानीजरुवाबाट घोराहीतर्फ जाँदैगरेको रा १ त १६५५ नम्बरको ट्याक्टरबाट खस्दा घर्तीको मृत्यु भएको उहाँले बताउनुभयो । 

प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार रहेका रहनुभएको छ । फरार ट्याक्टर चालकको खाजी भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।