स्पा सेन्टरबाट सात जना पक्राउ
नेपालगन्जमा सञ्चालनमा आएका करिब एक दर्जन स्पा सेन्टरमध्ये अधिकांशमा अवैध गतिविधि हुने गरेको जनगुनासो पटक पटक आएपछि प्रहरीले ती स्पा सेन्टरमा छड्के गरेको छ।
गाउँमै अदुवाले राम्रो मूल्य पाएपछि किसान मक्ख
नवलपुरको पहाडी क्षेत्रका किसानका लागि नगदेबालीको रूपमा रहेको अदुवा आम्दानीको मुख्य स्रोत भएको छ। विगतका वर्षमा भन्दा यो पटक अदुवाले गाउँमै राम्रो भाउ पाएपछि किसान पनि मक्ख परेका छन्।
गल्ती दोहोर्याउने छैनौ : कांग्रेस
नेपाली कांग्रेस पाल्पाले तानसेन नगरपालिकाको बोर्ड ढाकेर गरिएको पार्टीको जिल्ला सम्मेलनमा गम्भीर गल्ती भएको भन्दै माफी मागेको छ ।
फोहोर व्यवस्थापनका लागि सचेतना अभियान
नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको छ । नगरवासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाउन सो अभियान चलाएको जनाएको छ ।
पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय तहको करोडौँ लगानी
मल्लरानी गाउँपालिकाको गाउँपालिकाभित्रको मल्लरानी क्षेत्रको पर्यटन प्रवर्द्धनमा करोडौँ लगानी गरिरहेको छ । जिल्ला सदरमुकाम खलङ्गाको शिरमा रहेको मल्लरानीमा करिब चार करोड लगानी गर्न लागिएको छ ।
न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल उत्कृष्ट
बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । सो अस्पतालले ९६ अङ्क प्राप्त गरी प्रदेशमै पहिलो र मुलुकभरमा दोस्रो भएको हो ।
कागती खेतीबाट सन्तुष्ट कृषक गिरी
कपिलवस्तुको बाणगंगा नगरपालिका –७ का कृषक जयलाल गिरी कागती खेतीबाट सन्तुष्ट रहेको र त्यसबाट मनग्य आम्दानी भइरहेको बताउनुभएको छ ।
सिकलसेलका बिरामी खोज्न 'स्क्रिनिङ'
थारु समुदायको बाहुल्यता रहेको बाँकेको राप्ती-सोनारी गाउँपालिकाले सिकलसेल एनिमिया र थालेसेमिया रोगका पहिचानका लागि जारी अभियानलाई थप प्रभावकारी बनाउने भएको छ ।
गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवा सञ्चालनको तयारी
गुल्मी अस्पताल तम्घासमा हेमोडायलाइसिस सेवा सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला अस्पताल गुल्मीमा अहिलेसम्म यो सेवा थिएन । सेवा लिन सेवाग्राहीहरू बाहिर जानुपर्ने अवस्था थियो । अब जिल्ला अस्पतालमा यो सेवा सञ्चालनमा आउन लागेको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा।किशोर बन्जाडेले बताउनुभयो ।
ज्यामिरेमा बर्थिङ सेन्टर सञ्चालन
हेटौँडा उपमहानगरपालिका–१९ मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
झुटा उजुरीकर्तालाई कारबाहीको माग
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा झुटा उजुरी दिनेलाई कारबाही गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले इस्मामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनसम्बन्धी स्थानीय तह स्तरीय अन्तर्क्रिया कार्यक्रममा राजनीतिक आस्था र दुःख दिने नियतले उजुरी राख्नेलाई कारबाही गर्नुपर्ने सुझाव आएको हो ।
‘हनी ट्रयाप’ महिलालाई डेढ वर्ष कैद
आपराधिक लाभको मुद्दामा सीतादेवी थापासहित तीन जना महिलालाई दोषी ठहर गरिएको छ । जिल्ला अदालत दाङले ‘हनी ट्रयाप’ मुद्दामा तीन जना महिलालाई दोषी ठहर गर्दै डेढ वर्ष कैद फैसला गरेको हो । न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आपराधिक लाभको मुद्दामा प्रतिवादी प्युठान स्वर्गद्धारी नगरपालिका घर भई हाल घोराही उपमहानगरपालिका–१५ मा कोठा गरी बस्ने सीतादेवी थापासहित घोराही उपमहानगरपालिका–५, सुषमा परियार र खुमा वलीलाई दोषी ठहर गर्दै जनही एक वर्ष छ महिनाको कैद सजाय सुनाएको छ ।
सात वर्षमा पनि पूरा भएन
निर्माण व्यवसायीको लापरबाहीले ठेक्का भएको सात वर्ष बितिसक्दा समेत चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडक पूरा भएको छैन । सदरमुकाम तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडक कालोपत्रे गर्न विसं २०७३ असोज १९ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको १५ महिनाभित्र काम सक्ने गरी निर्माण व्यवसायी वाइपी–जय–रक्तकाली जेभी पुल्चोक ललितपुरसँग सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । विश्व बैङ्कको आठ करोड ३१ लाख लगानीमा आठ किलोमिटर सडक निर्माण गर्न तत्कालीन जिल्ला प्राविधिक कार्यालयसँग सम्झौता भएको थियो ।
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछापालन
नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन् ।
बस र ट्रक ठोक्किँदा चार गम्भीर घाइते
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोक्किँदा ४ जना गम्भीर घाइते हुनुभएको छ ।
४१ प्रतिशत आगलागिका घट्ना बिद्युत शर्टबाट
धेरै आगलागी हुने जिल्लामध्ये पर्ने बाँके जिल्लामा आगलागीका अधिकांश घटना विद्युत सर्टबाट हुनेगरेको पाइएको छ ।विपद व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाका विषयमा यहाँ आयोजना गरिएको छलफल कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका बारुण यन्त्र शाखा प्रमुख झइनबहादुर खड्काले जिल्लामा भएका कूूल आगलागीका घटनामा विद्युत सर्टका कारण मात्र ४१.३७ प्रतिशत आगलागीका घटना भएको बताउनुभयो ।
कानुन निर्माणमा सहजीकरण गर्दै प्रदेश सभा
स्थानीय तहको कानुन निर्माणमा सहजीकरण गर्न र कानुन कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले लुम्बिनी प्रदेशसभाले कानुन निर्माण तथा सभा सञ्चालनका लागि स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया सुरु गरेको छ ।
रोजगार शिक्षा आजको आवश्यकता : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उत्पादनमूलक र रोजगारमूलक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ ।
भेरी बबई डाइभर्सन आयोजनाको काममा गति दिन मन्त्री बस्नेतको निर्देशन
राष्ट्रिय गौरवको सूचीमा रहेको भएपनि भेरी बबई आयोजनाको कार्यप्रगति प्रभावकारी नभएको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल कामलाई गति दिन निर्देशन दिनुभएको छ ।
बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग
थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ । बैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन् ।
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
प्युठान नगरपालिका वडा नम्बर २ झारिवाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त २१८८ नम्बरको ट्याक्टर दुर्घटनामा रम्भादेवी गाउँपालिका–४ पाल्पाका २३ वर्षीय डम्बर बहादुर सुनारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमाकान्त खनालले जानकारी दिनुभयो ।
एक सय बढी खानेपानीका उपभोक्ता समितिलाई तालिम
गुल्मीमा एक सय ३५ खानेपानीका उपभोक्ता समितिलाई तालिम प्रदान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीले योजनाको गुणस्तर कायम गर्नका लागि तालिम प्रदान गरेको जनाएको हो ।
पाँच महिनामा १०३ विपदका घटना, १७ जनाको मृत्यु
बाँकेमा गत पाँच महिनाको अवधिमा १०३ वटा विपद्का घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १०३ वटा विपदका घटना हुँदा १७ जनाले ज्यान गुमाएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
तानसेनका घुम्नैपर्ने ऐतिहासिक पर्यटकीय स्थल
तानसेन नेपालको लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो । पाल्पा जिल्लाको तत्कालीन पाल्पा तानसेन इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं २०१४ ज्येष्ठ १७ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो । तत्कालीन राजा महेन्द्र शाहले विसं २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि तानसेन नगरपालिकाको नाम स्वतः परिवर्तन भई तानसेन नगरपञ्चायतु भएको थियो ।