• २४ असार २०८१, सोमबार

बस र ट्रक ठोक्किँदा चार गम्भीर घाइते

blog

बसमा फँसेका यात्रुको उद्धार गरिँदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे 

कपिलवस्तु, पुस ३ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोक्किँदा ४ जना गम्भीर घाइते हुनुभएको छ ।

मङ्गलवार अन्दाजी पौने ६ बजे दाङबाट बुटवलतर्फ जाँदैगरेको ना ५ ख ९६४१ नम्बरको यात्रु बाहक बस ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । रोकिएको ट्रकमा ठक्कर दिँदा बसमा बसेका ४ यात्रु च्यापिएका थिए । 

बसमा रहेका अन्य यात्रु सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनुभयो । बसमा च्यापिएकाको उद्धार गरिएको छ । उद्धार कार्यमा नेपाल प्रहरी, शमशेर दल गणका नेपाली सेना र स्थानीय खटेको प्रहरीको भनाइ छ ।