• १५ मंसिर २०८१, शनिबार

नेपालको मुख्य रोग नै भ्रष्टाचार र गरिबी हो : सांसद भण्डारी

blog

कार्यक्रममा सम्बोधन गर्दै सांसद चन्द्र भण्डारी । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, मंसिर ३० गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार र गरिबी भएको बताउनुभएको छ । जेसिस महाधिवेशनको कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो । 

नेता भण्डारीले मुलुकको योगदानका लागि जलन अस्पताल बनाउन जेसिजलार्इ आग्रह गर्नुभयो । सो अवसरमा नेकपा (एमाले) का युवा नेता ठाकुर गैरेले यथास्थिति तोड्दै आलोचनात्मक चेत राख्न सक्ने ब्यक्ति नै युवा हुने उल्लेख गर्नुभयो । समाज रूपान्तरण गर्न सक्ने युवाको अहिले आवश्यकता रहेको बताउदै कृषि, पर्यटन, शिक्षामा फड्को मार्नुपर्ने बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले सहकार्यबिना कुनै पनि सफलता नमिल्ने बताउनुभयो । जनप्रतिनिधि र जनताबिचको दूरी घटाउनु पर्ने र मिलेर काम गर्नुपर्ने चर्चा गर्नुभयो । 

पूर्व मुख्यसचिव लिलामणी पौडेलले परिवार नै सबैभन्दा ठुलो विश्वविद्यालय रहेको बताउनुभयो । सहनशीलता आफ्नै आमाबाट सिकेको स्मरण गर्दै पौडेलले बांडेर खाएकाहरुले सुगन्ध छर्ने र एक्लै खाने दुर्गन्धित हुने चर्चा गर्नुभयो । 

नेपाली,सेनाका पूर्व उपरथी प्रेम शाहीले हरेक कुरामा सफलताका लागि नैतिक प्रतिबद्धता चाहिने बताउनुभयो । उहाले देश मेरो हो भन्ने भावना नहुदासम्म देश बिकास नहुने उल्लेख गर्नुभयो । बिकास मानन्धरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मदन श्रेष्ठले गर्नुभएको थियो ।