• १५ मंसिर २०८१, शनिबार

निर्माण व्यवसायी सङ्घमा महिला नेतृत्व

blog

नवनिर्वाचित अध्यक्ष मन्जु भुसालसहित पदाधिकारी । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, पुस १ गते । लुम्बिनी निर्माण व्यवसायी सङ्घ जिल्ला कार्यसमिति रुपन्देहीको अध्यक्षमा मञ्जु भुसाल विजयी हुनुभएको छ । सङ्घमा पहिलो पल्ट महिला नेतृत्व स्थापित भएको हो । 

सङ्घको १३ औँ अधिवेशनमा १३४ मत प्राप्त गरी भुसाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका उम्मेदवार गणेशप्रसाद शर्मा र प्रयास खड्काले ८६–८६ मत प्राप्त गर्नुभएको थियो ।

प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी रमेश बेल्बासे विजयी हुनुभएको छ । प्रथम उपाध्यक्षका उम्मेदवार टिकाबहादुर श्रेष्ठ (सन्तोष) ले ९१ र डण्डपानी पाण्डेले ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिलीपकुमार मल्लिकले बताउनुभयो । 

द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्तगरी विष्णु सुब्बा विजयी हुनुभएको छ । द्वितीय उपाध्यक्षका उम्मेदवार अख्तर हुसेन (सरवर) ले ९० र रामरतन गुप्ताले ८० मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी महासचिवमा १२२ मतका साथ प्रितम रौनियार विजयी हुनुभएको छ । महासचिवका उम्मेदवार अर्जुन उपाध्याय (रिजाल) ले ९२ र दीपककुमार पाण्डेयले ६४ मत प्राप्त गर्नुभएको छ । 

सचिवमा १२५ मत प्राप्तगरी राजन ज्ञवाली विजयी हुँदा सचिवका उम्मेदवार अजय रानाले ९१ र महेशकुमार दुबेले ७५ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा यज्नयप्रसाद बेल्बासे १०४ मतका साथ विजयी हुँदा कोषाध्यक्षका उम्मेदवार पोलिन्द्र पटेलले ८२ र रोशन खनालले १०२ मत प्राप्त गर्नुभयो । 

त्यस्तै सह–कोषाध्यक्षमा पवनकुमार मिश्रा १०४ मतका साथ विजयी हुँदा खगेन्द्र बेल्बासेले १०३ र रामराजन तिवारीले ७५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै खुल्ला सदस्यमा पुरन कार्की क्षेत्री (१७४), रोशनप्रसाद भण्डारी (१४०), सुरेन्द्र यादव (१३०), सतीस मिश्रा (१२१) र शुभम रौनियार (११६) मतका साथ विजयी हुनुभएको छ । सदस्यका उम्मेदवार ऋषि भुसालले १०२, सेराज अहमदले ९२, विजय कुवरले ११० र लोकनाथ पङ्गेनी (गणेश)ले ९३ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, लुम्बिनी निर्माण व्यवसायी सङ्घ शाखा कार्यालय बुटवलको अध्यक्षमा ९१ मत प्राप्त गरी बुद्धिराज थापा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी ज्ञानबहादुर पुनले ८३ मत प्राप्त गर्नुभयो । 

वरिष्ठ उपाध्यक्षमा बाबुराम चौधरी (थारु),  उपाध्यक्षमा किसन आचार्य, सचिवमा हिरा श्रेष्ठ, सह–सचिवमा भुपेन पाण्डे, कोषाध्यक्षमा चित्रबहादुर श्रेष्ठ विजयी हुनुभएको छ । खुल्ला सदस्यमा जगनारायण चौधरी, चुरामणि न्यौपाने, सुशील बस्याल, यादवनाथ न्यौपाने, कृष्णप्रसाद चौधरी र भरत चौधरी विजयी हुनुभएको छ ।