नवलपुरमा मिटरब्याज पीडित र पीडकको जुहारी
गोरखापत्रले गत भदौ १४ गते जिल्लामा मिटरब्याजीको पोल खोलिदिएपछि अहिले यो व्यापक चर्चाको विषय हुन पुगेको छ ।
नेपाल-भारत सांस्कृतिक महोत्सव
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा नेपाल-भारत सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।
‘नेपालगञ्ज वाकाथन’ सुरु
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो ।
कपिलवस्तुको गुजरात शैलीको कालिका मन्दिर (फोटो फिचर)
कपिलवस्तुको कृष्ण नगर नगरपालिकाको बहादुरगंजमा अवस्थित गुजरात शैलीको कालिका मन्दिर । निकै नै आकर्षक र कलात्मक गुजरात शैलीको यो कालिका मन्दिर काठमाडौँबाट पुवै पश्चिम राजमार्ग हुँदै पश्चिम जाँदा करिब ३३८.८ कि.मि दुरीमा रहेको चन्द्रौटाबाट दक्षिणतर्फको केही दुरीमा राजमार्गको दाहिनेतर्फ रहेको छ।
भैँसीपालनमा यादव समुदायको आकर्षण
भैँसीपालन यहाँका स्थानीय यादव समुदायको पुख्र्यौली पेसा हो । भैँसीपालन गर्ने र दुधबाट दही र घिउ बनाएर बिक्री गर्दै घर व्यवहार चलाउँदै आएका छन् । देउखुरीका गढवा र राजपुर गाउँपालिकामा यादव समुदायले भैँसीपालनबाटै जीविकोपार्जन गर्दै आएका छन् । दैनिक रूपमा दुध, दही बेच्ने किसानले पछिल्लो समय गाउँकै डेरी वा नजिकै बजारमा बिक्री गरे पनि देउखुरी राजपुर क्षेत्रका यादव समुदाय दैनिक करिब ५० किलोमिटर दुरी यात्रा गर्दै घोराहीसम्म दही, घिउ बिक्रीका लागि आउने गरेका छन् । त्यहीमध्येका एक हुनुहुन्छ देउखरी राजपुर गाउँपालिका–३, खरदरिया निवासी लक्ष्मण यादव । उमेरले ५५ वर्ष पुग्नुभएका यादव दिनहुँ दही बिक्रीका लागि घोराही आउने गरेको बताउनुहुन्छ । घरमा छ वटा भैँसी पाल्नुभएका उहाँ हरेक दिन बिहान ४ बजे दहीको भाँडा टाउकोमा बोकेर ५० किलोमिटर टाढा घोराही आइपुग्ने र घोराहीका प्रत्येक घर घर गएर दही बिक्री गर्दै आएको बताउनुहुन्छ ।
सुत्केरीलाई भाले कोसेली
गुल्मीको कालीगण्डकी गाउँपालिकाले सुत्केरीलाई भाले वितरण गरेको छ । उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले सुत्केरी अवस्थामा झोलिलो र पोसिलो खाने कुरा आवश्यक पर्ने भएकाले सुत्केरीलाई भाले कोसेली दिने गरेको बताउनुभयो । गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रममार्फत यस आर्थिक वर्षको हालसम्म पालिकाभित्रका ६८ जना सुत्केरीलाई भाले वितरण गरिएको दर्लामीले बताउनुभयो । सुत्केरी अवस्थामा बढी आराम गर्नुपर्ने, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने, स्वास्थ्यको एकदमै ख्याल गर्नुपर्ने भन्दै सम्झाउने गरेको दर्लामीले बताउनुभयो । पहिलो प्राथमिकता भाले र भाले उपलब्ध नभएमा घिउ लिएर जाने गरेको उहाँको भनाइ छ । यसका साथै परिवारका सदस्यलाई पनि साथमै राखी स्वास्थ्यकर्मीले स्वास्थ्यका बारेमा सम्झाउने र बुझाउने गरेको स्वास्थ्य शाखा प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
पत्रकारिता पेशालाई मर्यादित बनाउन जरुरी
गुल्मीमा सहभागी एक कार्यक्रमका सहभागीहरुले पत्रकारिता पेशालाई मर्यादित बनाउन जरुरी देखिएको बताएका छन् । तम्घासमा प्रेस काउन्सिल नेपालद्वारा आयोजित पत्रकारहरुका लागि आचारसंहिता जागरण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
आकाशे पुल निर्माण योजना अलपत्र
पन्ध्र महिनामा आकाशे पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता भएको १३ महिना हुँदासमेत काम सुरु हुन नसक्दा नेपालगन्ज र कोहलपुरमा निर्माण गरिने आकाशे पुल निर्माण योजना अलपत्र परेको छ ।
भारतबाट ल्याइएका अवैध राँगा नियन्त्रणमा
बाँके प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छलीगरी ल्याइएका राँगा बरामद गरेको जनाएको छ । जिल्लाको डुडुवा गाउँपालिकाबाट भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइएका चार राँगा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
सडक निर्माण सुरु गराउन समिति निर्माण
बाँकेको कोहलपुर चप्परगौडीबाट खड्कवार हुँदै सल्यानको घुइयाबारी जोड्ने अन्तरप्रदेश सडक निर्माणका लागि दवाव सिर्जना गर्न समन्वय र सहकार्य समिति गठन गरिएको छ ।
हजार जनाको आँखा परीक्षण गर्दा १४९ जनामा मोतिबिन्दु
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीका लागि सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा एक हजार चार जनाको आँखा जाँच गरिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः नियमित उडानको माग गर्दै व्यवसायी आन्दोलित
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेपछि रुपन्देहीका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।
हिंसा रोक्न कानुन कार्यान्वयन आवश्यक
अधिकारकर्मी तथा सरोकारवालाले कानुनले महिलालाई सशक्त बनाएको भए पनि कार्यान्वयन पाटो सोचेभन्दा फितलो हुँदा महिला हिंसा जारी रहेको बताउनुभएको छ ।
लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह
लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गर्नुभएको छ ।
बाँके र बर्दियाका उद्योगी व्यवसायीकाे आन्दोलण घाेषणा
बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै बाँके र बर्दियाका १३ वटा उद्योग वाणिज्य सङ्घले संयुक्त आन्दोलन घोषणा गरेका छन् ।
चुहावट नियन्त्रणले बढ्यो नगरको आम्दानी
राजस्व चुहावट नियन्त्रणमा सक्रिय भएपछि तानसेन नगरपालिकाले आन्तरिक आम्दानी बढाएको छ । नगरपालिकाले विभिन्न स्थानबाट उठाउँदै आएको राजस्व सङ्कलन प्रणालीलाई प्रभावकारी बनाउँदै चुहावट नियन्त्रणमा लागेपछि नगरपालिकाको आन्तरिक आम्दानी ३३ प्रतिशतले वृद्धि भएको हो ।
दाङमा बन्न सकेन मौरी स्रोत केन्द्र
लुम्बिनी प्रदेश सरकारले दाङमा मौरी स्रोत केन्द्र स्थापना गर्ने निर्णय गरेको चार वर्ष बितिसक्दा पनि काम सुरु हुन सकेको छैन । मौरी स्रोत केन्द्र स्थापना गर्ने गरी आफ्नो नीति तथा कार्यक्रम बनाएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा प्रदेशका विभिन्न जिल्लामा विभिन्न प्रकारका स्रोत केन्द्र स्थापना गर्ने नीति अनुसार दाङमा मौरी स्रोत केन्द्र स्थापना गर्ने उल्लेख गरेको थियो । स्रोत केन्द्र स्थापनाका लागि घोराही उपमहानगरपालिका–१३, कलमघारीमा जग्गा छनोट गरिएको थियो । नेपाल मौरीपालक महासङ्घका निवर्तमान केन्द्रीय उपाध्यक्ष दीपक श्रेष्ठका अनुसार घोराही उपमहानगरपालिका–१३ को कलमघारीमा स्रोत केन्द्रका लागि जग्गा छनोट गरिएको थियो तर अहिले पनि मौरी स्रोत केन्द्र स्थापनाको काम अघि बढ्न नसकेको बताउनुभयो ।
कोहलपुरमा महिला क्रिकेट एकेडेमी बनाइने
हलपुर क्रिकेट रङ्गशालालाई महिला क्रिकेट एकेडेमी बनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सुझाव दिनुभएको छ ।
पार्टी बनाउन मोह त्याग्न सक्नुपर्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको रुपान्तरित कांग्रेस बनाउन पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरुले पदको मोह त्याग्नुपर्ने बताउनुभएको छ ।
तीन पानी उद्योग कारबाहीमा
जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बिहीबार नेपालगन्जका विभिन्न पानी उत्पादन उद्योगहरूको अनुगमन गरिएको छ ।
नेपालगन्जमा देशकै ठुलो साइकल ‘पम्प ट्रयाक’ निर्माण प्रक्रिया सुरु
नेपालगन्जमा नेपालमै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण प्रक्रिया सुरु भएको छ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुखद्वारा निजामती ऐन प्रमाणीकरण
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामती ऐन प्रमाणीकरण गर्नुभएको छ । प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
जग्गा फुकुवा गर्ने निर्णय कार्यान्वयन
लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा कित्ताकाट नहुने गरी किनबेच गर्ने निर्णय कार्यान्वयनमा आएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को कात्तिक १ गते बसेको बैठकले कित्ताकाट नहुने गरी जग्गा किनबेचको लागि फुकुवा गर्ने निर्णय गरेको थियो ।
सवारी दुर्घटनामा २४ जनाले ज्यान गुमाए
विगतको तुलामा सडक दुर्घटनामा वृद्धि हुँदैगएको बाँके जिल्लामा गत साढे चार महिनामा सवारी दुर्घटनामा २४ जनाले ज्यान गुमाएका छन् । ६० जना घाइते भएका छन् ।