रेखीराम राना
तानसेन, मङ्सिर २६ गते । मोटरबाटो निर्माणका क्रममा पहिरोले च्यापिएर मृत्यु भएका डोजर चालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । रामपुर नगरपालिकाले रामपुर–१० का धनवीर खड्काको परिवारलाई एक लाख रुपियाँ सहयोग गरेको हो ।
गत असोज २२ गते बाटो निर्माणका क्रममा माथिबाट आएको पहिरोले पुरिएर खड्काको ज्यान गएको थियो । नगरपालिकाका प्रमुख रमणबहादुर थापाले मृतकका श्रीमती पवित्रा खड्कालाई एक लाखको चेक हस्तान्तरण गर्नुभयो । परिवारको राहतका लागि रकम सहयोग गरेको नगर प्रमुख थापाले बताउनुभयो ।