• २० असोज २०८१, आइतबार

जन्तीको जिप दुर्घटना, वडा सदस्यको मृत्यु

blog

सलिम मिया

बिजुवार, मङ्सिर २८ गते । प्युठानको ऐरावती गाउँपालिका–२, बरौलामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलङ्गातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप आज बिहीबार बिहान दुर्घटनामा परेको हो । 

दुर्घटनामा मल्लरानी गाउँपालिका–३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जिपको टायर पन्चर भएर जिप दुर्घटनामा परेको थियो । 

दुर्घटनामा पाँच जना घाइते भएको र जिल्ला अस्पताल बिजुवारमा उहाँहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।