• १५ मंसिर २०८१, शनिबार

भूकम्पपीडितलाई राहत सहयोग गर्नेलाई सम्मान

blog

भूकम्पपीडितका लागि राहत संकलनमा सहयोग गर्ने संस्थालाई सम्मानित गरिदै । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर २७ गते । गत कात्तिक १७ गते जाजरकोट र पश्चिम रुकुममा आएको भूकम्पमा परी पीडितको राहत र उपचारका लागि सहयोग गर्ने बाँकेका विभिन्न संघ संस्था र व्यक्तिहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले सम्मान गरेको छ । 

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले बुधवार यहाँ एक औपचारिक कार्यक्रमको आयोजना गरी सो सम्मान गरेको हो । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल र नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद साहले सहयोग गर्ने संघ संस्था र व्यक्तिलाई सम्मानपत्र प्रदान गर्नुभयो ।  

सो अवसरमा सम्मानित हुनेहरुमा जिल्लाका स्थानीय तहहरु, निजी क्षेत्रका अगुवा संस्थाहरु, गैर सरकारी संस्थाहरु, भेरी अस्पताल र स्वास्थ्यकर्मीलगायत सुरक्षा निकायरहेको जिल्ला विपद् व्यवस्थापन समितिका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पोखरेलले भूकम्पजस्तो विपदका बेला बाँकेका स्थानीय तह, संघ संस्था, भेरी अस्पताल र सामाजिक अगुवाहरुले खेलेको भुमिकाको उच्च मुल्यांकन गरी सम्मान गरिएको बताउनुभयो ।