पाथीभरामा उठ्यो माघमा १० लाख बढी भेटी
पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका भेटी रकम सार्वजनिक गरेको छ । समितिले हरेक महिना गणना गरिएको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धताअनुसार नै भेटी रकम सार्वजनिक गरेको हो ।
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
पाल्पाको दुई स्थानमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर –१, बर्दाकोटका १५ वर्षीय किशोर नारायण सारुको मृत्यु भएको छ ।
अटोमा चित्तल ठोक्किँदा पाँच घाइते
हेटौँडा उपमहानगरपालिका ९ मा अटोमा चित्तल ठोक्किँदा अटो चालकसहित पाँच जना घाइते भएका छन् ।
सिन्धुपाल्चोकको हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने
सिन्धुपाल्चोकको हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुनेभएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुविज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा आगामी ३ फागुनमा आराम, आनन्द र आरोग्य भन्ने मूल नाराका साथ स्वास्थ्य शिविर हुन लागेको हो ।
दलित सशक्तीकरणका लागि कोष स्थापना गरिने
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायको सशक्तीकरणका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरेको छ ।
‘बुद्धले आयुसंस्कार परित्याग गरेको दिनलाई राष्ट्रिय पर्वको रुपमा मनाऔं’
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले गौतम बुद्धले आफूले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नुभन्दा ३ महिनाअघि नै आयुसंस्कार परित्याग घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन माग गर्नुभएको छ ।
प्रदेश सरकारले गर्दैछ क्यान्सर बिरामीको उपचारमा सहयोग
ऐरावती गाउँपालिका –३ थारदमार प्युठानकी सुस्मिता थापालाई ब्लड क्यान्सर छ । १३ वर्षीया थापाको अहिले कान्ति वाल अस्पाताल महाराजगञ्ज काठमाडौंमा उपचार भइरहेको छ । क्यान्सरका विरामीका लागि संघीय सरकारले एक लाख रुपियाँ उपचार खर्च दिने जानकारी पाएपछि बुवा लोकबहादुर थापा ऐरावती गाउँपालिकामा सिफारिसका लागि पुग्नुभयो ।
सप्तरीमा निर्माणाधीन शीत भण्डार अलपत्र
सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवामा निर्माणाधीन सहकारी शीत भण्डार अलपत्र अवस्थामा छ ।
प्राधिकरण अध्यक्ष यादवको बिदाइ
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका संस्थापक अध्यक्ष श्यामसुन्दर यादवको बिदाइ गरिएको छ । प्राधिकरणका अध्यक्ष यादवको चार वर्षे कार्यकाल मंगलबार समाप्त भएपछि जनकपुरधामस्थित प्राधिकरणको कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँलाई विदाइ गरिएको हो ।
अखिल नेपाल महिला सङ्घको अध्यक्षमा थापामगर
नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ धनगढी नगर कमिटीको अध्यक्षमा ल्याट्री थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।
आठ हजार बढी विद्यार्थीहरुको मुटु जाँच
गुल्मीमा आठ हजार बढी विद्यार्थीहरुको मुटु जाँच गरिएको छ ।
सामाजिक सञ्जाल मर्यादित भए अपराध कम हुन्छ : महासचिव पोखरेल
नेपका (एमाले) का महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जालमा तथ्य र सत्यका पक्षमा लेख्न आग्रह गर्नुभएको छ । उहाँले बुधबार सामाजिक सञ्जालमार्फत सो आग्रह गर्नुभएको हो ।
सिन्धुलीमा १४ हजारले लगाए एचपिभि खोप
सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहमा पाठेघरको मुख क्यान्सर विरुद्ध प्रयोग हुने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप १४ हजार एक जनाले लगाएका छन् ।
हराउँदै जाँतो र सिलौटो
परापूर्व कालदेखि चलनचल्तीमा रहेको जाँतो, सिलौटोमा पिस्ने चलन दिन प्रतिदिन घट्दै गएको छ । नयाँनयाँ प्रविधिको आविष्कार, सर्वसाधारणको व्यस्तता कारण जातो सिलौटोमा पिस्ने चलन हराउँदै गएको हो ।
रुकुमपश्चिम रेडक्रसमा बलवीर निर्वाचित
नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिमको सभापतिमा बलवीर पुन निर्वाचित हुनुभएको छ । मङ्गलबार राति सम्पन्न मतदानपछि सार्वजनिक परिणामअनुसार पुन नेतृत्वको प्यानल विजयी भएको हो ।
ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु
गोरखाको गोरखा दरबारदेखि काठमाडौंको हनुमान ढोका दरबारसम्म ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु भएको छ ।
फिदिमको १६ औं नगर सभा, दुई वटा ऐन संशोधन
फिदिम नगरपालिकाको १६ औं अधिवेशन (हिउँदे सभा) सम्पन्न भएको छ ।
बाँकेका तीन पालिकामा १४औं पटक हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने
बाँकेका तीन पालिकामा १३ पटकसम्म लगातार औषधी खुवाउँदा पनि हात्तीपाइले रोगका संक्रमित भेटिएपछि १४ औं पटक औषधी खुवाउने अभियान सुरु गर्न लागिएको छ।
अपाङ्गता भएकालाई सहायता सामग्री
पूर्ण अपाङ्गता भएका नागरिकलाई सहायता सामग्री प्रदान गरिएको छ ।
पक्की पुल निर्माण अलपत्र
सम्झौता भएको साढे दुई वर्ष बितिसक्दा पनि कर्णाली नदीमाथि दुई वटा पक्की पुलको निर्माण कार्य सुरु हुन सकेको छैन ।
गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता
गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी गरेको सुन्दा भाषा अभियन्ता भीमप्रसाद गुरुङलाई मुलुकमा गणतन्त्र आएको महसुस भएको छ ।
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै लहान नगरपालिकाको २४ वटै वडाका स्थानीयहरूले सङ्घर्ष समिति गठन गरेर लहान स्थित मालपोत कार्यालय अगाडि धर्नामा बसेपछि दुई दिनदेखि नियमित कामकाज प्रभावित भएको छ ।
जलवायु उत्तरदायी बजेट २० प्रतिशत पुर्याइने
राष्ट्रिय योजना आयोगले जलवायु उत्तरदायी बजेटलाई २० प्रतिशत पुर्याउने गरी काम गर्न सबै तहका सरकारलाई सुझाव दिएको छ ।
विपन्नका घर बनाउँदै विदेशी नागरिक
मोरङको कानेपोखरी–१, झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि धमाधम सुरक्षित घर निर्माण भइरहेका छन् । कानेपोखरी गाउँपालिका, ह्याबिट्याट फर