लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी सेवा विस्तार
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचार गराउन आउने सेवाग्राहीका लागि छुट्टै फार्मेसी कक्ष स्थापना गरेको छ ।
निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा
वर्षातकाे पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन डुबेको हो ।
भीम थापाले पाए नागरिकता
बैतडी, माघ ३० गते । बाल्यकालमै सडकमा छुटेका मजदुरका छोरा भीमबहादुर थापाले नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । ‘सतचालिस वर्षदेखि आफन्त खोज्दै भीमबहादुर’ शीर्षकमा थापाका विषयमा २०८० फागुन २४ गतेको गोरखापत्रमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित हुनेबित्तिकै तत्कालीन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले थापालाई बोलाएर आफन्तका बारेका सोधखोज गर्नुभएको थियो । लामो सयसम्म मातृत्व र पितृत्वको ठेगाना पत्ता लाग्न नसकेपछि थापालाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले नेपाल नागरिकता ऐन २०६३ अनुसार मातृत्व र पितृत्वको ठेगाना नभएको उल्लेख गर्दै वंशजका आधारमा नागरिकता दिएको हो । नागरिकता नहुँदा स्वास्थ्य बिमा लगायतका सेवा सुविधाबाट वञ्चित थापाले नागरिकता पाएपछि आमा बुवा पाए जस्तै लागेको बताउनुभयो । उहाँले,मजदुरको पीडा पनि सरकारले सुनेको बताउनुभयो । आफन्त नमिले पनि नागरिकता मिलेकोमा भने खुसी लागेको उहाँको भनाइ छ । दशरथ चन्द नगरपालिका–४, कठपतेका स्थानीय नारद पाण्डेयको संरक्षण रहने गरि थापालाई नेपाली नागरिकताको प्रमाण पत्र दिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत पवनकुमार शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “ भीम थापाले पाँच-छ महिना अधि नै नागरिकताका लागि निवेदन दिनुभएको रहेछ । उहाँको बारेमा सबै कुरा बुझेर नेपाल नागरिकता ऐन २०६३ अनुसार नागरिकता दिएका हौँ । नेपाल सरहद भित्र जन्मेर आमा, बुवा र पितृत्वको ठेगाना नभएकाले पनि नेपाली नागरिकता पाउने व्यवस्था अनुसार वडाको सिफारिसमा थापालाई नागरिकता दिएका हौँ ।”२०३३ सालमा सडक खन्न दाङबाट मजदुरका रूपमा बैतडी कठपते आएका आफन्तसँग सडकमै विछोड भएको भीमबहादुर थापाले बताउनुभयो । दाङ जिल्ला घर बताउनुहुने भीमबहादुर थापा बाल्यकालमै सडकमा छुटेकाले आमा बुवाको नाम ठेगाना थाहा नभएको बताउनुभयो । नागरिकता प्रमाण पत्र देखाउँदै भीम थापाले आफन्तले छाडेर गएको सडक किनारकै स्थानीयको घरमा ४८ वर्षदेखि आश्रय लिएर बसिरहेको बताउनुभयो । आमा बुवासँग विछोड हुँदाको पीडा सुनाउँदै उहाँले भन्नुभयो,“ आमाको अनुहार थाहा छैन । सायद म सानै छँदा बित्नुभयो कि ? बुवासहितका नातेदारसँग बैतडी पुगेको याद छ । सडक खन्ने काम सकेर आफन्त फर्केको भन्छन् । मलाई किन यतै छाडेर जानुभयो ? केही थाहा छैन । ”
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
शालिनदीमा भक्तजन
काठमाडौँ, माघ ३० गते । काठमाडौँको साँखुस्थित शालिनदी क्षेत्रमा बुधबार स्वस्थानी व्रत तथा माधवनारायण मेला भर्न आएका भक्तजनको घुइँचो । प्रत्येक वर्ष एक महिना चल्ने श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेलाको आज समापनको दिन हो । तस्बिरः रासस
खेतीयोग्य जमिन डुबानमा
वीरगञ्ज, माघ ३० गते । वर्षातको पानीको निकास नहुँदा वीरगञ्ज महानगरको चार वडाको करिब दुई सय बिघाभन्दा धेरै खेतीयोग्य जमिन डुबानको चपेटामा परेको छ । हिउँदेयामको माघ महिना सकिन लागे पनि प्राकृतिक ढङ्गले पानीको बहाव रोकिएपछि वीरगञ्ज महानगरको वडा नम्बर १७, २४ र २६, २८ पर्ने करिब दुई सय बिघा क्षेत्रफल खेतीयोग्य जमिनमा अहिलेसम्म डुबानको समस्या यथावत् नै छ । तस्बिरः रासस
स्वर्गद्वारी पहाड र ढुकुर पोखरी
मनाङ, माघ ३० गते । मनाङ ङिस्याङ गाउँपालिका १ स्थित ढुकुरपोखरी र स्वर्गद्वारी पहाड । यहाँ रहेको ढुकुरपोखरी पछिल्लो समय सुक्दै जान थालको छ । तस्बिरः रासस
कारागारमा निर्दोष बालबालिका
आमाबुवाले गरेको गल्तीका कारण निर्दोष दुई बालबालिका कारागारमा बस्नु परेको छ । बुवाआमाले बहुविवाह गरेपछि उनीहरूबाट जन्मिएका दुई सन्तान कारागारमा बस्नु परेको हो ।
भेडापालन
जुम्ला, माघ ३० गते । जुम्लाको तातोपानी गाउँपालिका– ८ स्थित थलाले गाउँमा स्थानीय कल्पना शाहीले पालेका भेडा । उक्त गाउँ भेडापालनका लागि प्रख्यात मानिन्छ । तस्बिरः रासस
दुधको व्यापार
सुन्दरहरैँचा, माघ ३० गते । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा दुध खरिदबिक्री गर्दै ग्राहक र व्यापारी । तस्बिरः रासस
सिक्टा नहर
बाँके, माघ ३० गते । राप्तिसोनारी गाउँपालिका ३ बैसाको सिक्टा नहर अन्तर्गत पूर्वी नहरमा बगेको पानी । ५३ किलोमिटर लम्बाइ भएको पूर्वी नहरको पानीले यो क्षेत्रमा नौ हजार हेक्टर जमिन सिँचाइ गर्दछ । तस्बिरः रासस
राष्ट्र र जनताका पक्षमा काम गर्दै सरकार
सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले राष्ट्र र जनताका पक्षमा काम गर्दै गएको बताउनुभएको छ । सिन्धुलीमाढीमा मङ्गलबार भएको सिन्धुली उद्योग वाणिज्य सङ्घको ३४
आहारा खाेज्दै हुटिट्याउँ
दाङको घोराही उपमहानगरपालिका १६ स्थित मघै गाउँको खेतमा आहारा कुरेर बसेको हुटिट्याउँ चरा ।
सरकार अनौठो र बलियो : खनाल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ठुला नेताको बुद्धि नफेरिएसम्म देशमा वामपन्थी सरकार बन्न नसक्ने बताउनुभएको छ ।
गाउँबाट लोप हुँदै देशबन्ध्या गुरुवा
‘देशबन्ध्या गुरुवा’ भन्ने शब्द धेरैलाई अपरिचित लाग्न सक्छ । यो शब्द थारु समुदायमा प्रचलित शब्द हो । थारु गाउँको मात्र नभइए एउटा प्रगन्ना पूरै रेखदेख गर्ने, पूजापाठ सञ्चालन गर्ने तथा तान्त्रिक विद्या जान्ने व्यक्तिलाई त्यस बेला देश बन्ध्या गुरुवा भनिन्थ्यो ।
मानव–हात्तीबिच द्वन्द्व बढ्दो
जङ्गलसँग मानिसको परनिर्भता बढ्दै जाँदा मोरङमा जङ्गली जनावर र मानिसबिच द्वन्द्व बढ्दै गएको छ । भारतको आसमबाट मेची नदी तरेर बाहुनडाँगी हुँदै नेपाल भित्रिएका हात्ती यो वर्ष अझै भारततर्फ
डेढ सय वर्ष पुरानो धार्मिक मेला सुरु
हिन्दु मुस्लिम एकता र नेपाल–भारतका नागरिकबिच सम्बन्ध प्रगाढ गर्ने प्रतीकका रूपमा बाँकेको नरैनापुरमा १५० वर्षदेखि हरेक वर्ष लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सुरु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
नौ वर्षपछि स्वास्थ्य चौकी भवन
गोरखाको सहिद लखन गाउँपालिका–६ स्थित घैरुङमा रहेको घैरुङ स्वास्थ्य चौकी भवन भूकम्पले भत्काएको नौ वर्षपछि निर्माण सम्पन्न भएको छ । २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी महाभूकम्पले क्षति भएको भवन झन्डै नौ वर्षपछि निर्माण सम्पन्न भएको हो ।
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
कालीकोटको रासकोट नगरपालिका–६ का धने सार्की सोमबार दिनभरि निकै तनावमा देखिनुभएको थियो ।
अनाई पुल निर्माण अन्तिम चरणमा
मार्तडी–कोल्टी सडकखण्डमा पर्ने अनाईखोलामा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बडीमालिका नगरपालिका–७ र ९ को बिचमा रहेको सो पक्की पुलको निर्माण अन्तिम चरणमा पुगेको हो ।
बागमती गोल्डकप आगामी शनिबारदेखि
बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुनेभएको छ ।
पन्ध्र वर्षपछि सुधराम घर फिर्ता
सूर्य अस्ताउनै लागेको थियो, टीकापुर नगरपालिका–२, विजयनगरस्थित सिमेन्टको ब्लक, टिनले छाएको घरको आँगनमा एउटा गाडी रोकियो । गाडीबाट एक वृद्ध झरे । १५ वर्षअघि हराएको व्यक्ति आफ्नो घर फर्किंदाको दृश्य हो यो ।
आज हिंसात्मक अतिवाद रोकथाम दिवस
आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अतिवादविरुद्ध सचेतना फैलाउने गरेका छन् ।