सूचना प्रविधिमा सुधारको अपेक्षा
आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले सूचना प्रविधि कम्पनीहरूलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, सफ्टवेयर वा उपकरण जडान गर्न कम्पनीले आर्जन गरेको १० प्रतिशतसम्म विदेशी मुद्रा सटहीको सुविधा दिने घोषणा गर्नुभयो ।
सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड
काठमाडौँ, फागुन १ गते । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म करिब रु १७ करोड खर्च गरेको जनाएको छ ।आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जगेर्ना, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन वृद्धिलगायतका कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको प्राविधिक निर्देशक गिरिराज अधिकारीले जानकारी दिनुभयो । कोरियन कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायत संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृहलगायत संरचना निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो । विसं २०७२ सालको भूकम्पबाट नराम्ररी प्रभावित भएको आयोजना क्षेत्रमा कम्पनीले भूकम्प पीडितहरूलाई राहत सामग्री वितरण तथा अस्थायी आवास निर्माण, विद्यालय एवं स्वास्थ्य संस्थाहरूको भवन निर्माण, हेलिकोप्टरमार्फत उद्धार, स्वास्थ्य शिविरलगायत कार्यक्रम सञ्चालन गरेको थियो ।आयोजना प्रभावित आदिवासी समुदायको थातथलो, वातावरण र उनीहरूको सांस्कृतिक विशेषतालाई ध्यान दिएर छुट्टै योजना कार्यान्वयनमा ल्याएको कम्पनीले जनाएको छ । उक्त योजनामार्फत समुदाय आफैँले छनोट गरेका कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ । यसमार्फत हालसम्म रु दुई करोड बढी खर्च गरिएको जनाइएको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले आयोजना प्रभावितहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार, रोजगारी एवं जीविकोपार्जन, त्यस क्षेत्रको विकास जस्ता विषयलाई विशेष ध्यान दिएर सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । आयोजनाले स्थानीय बासिन्दाको मागबमोजिम प्राथमिकताका आधारमा योजना छनोट गरी सहयोग कार्यक्रम सञ्चालन गरिरहेको र यसलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । आयोजनाले हाकुबेँसीमा त्रिशूली नदीमा बेलीब्रिज निर्माण गर्न रु सात करोड ८६ लाख १४ हजार खर्च गरेको छ । पुल निर्माणपछि आमाछोदिङमो गाउँपालिका–१ र २ नम्बर वडास्थित हाकु क्षेत्रका बासिन्दाको सडक पहुँच स्थापित भई सदरमुकाम धुन्चे, नुवाकोट र काठमाडौँतर्फ आवतजावत गर्न सहज भएको छ । प्रभावित क्षेत्रमा सडक निर्माणका लागि रु १८ लाख ५७ हजार खर्च गरिएको छ । यसका अतिरिक्त धुन्चे खोलडोल सडक निर्माणका लागि थप रु ७० लाख खर्च भएको जनाइएको छ ।प्रभावित क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण, शैक्षिक सामग्री वितरणलगायत काम भएका छन् । साथै हाकुस्थित तीनवटा विद्यालयलाई सन् २०१८ देखि एक÷एकजना शिक्षक उपलब्ध गराइएको छ । आयोजनाले त्यस क्षेत्रका आदिवासी जनजातिको सांस्कृतिक रीतिरिवाज संरक्षण र प्रवर्द्धनका लागि गुम्बालगायत भवन निर्माण र अन्य कार्यक्रममा सहयोग गर्दै आएको प्राविधिक निर्देशक अधिकारीले जानकारी दिनुभयो । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत ‘इक्विटी’बाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर ९निर्माण अवधिको ब्याजसहित० रहेको आयोजनामा नौ अन्तरराष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । कुल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँदयाममा र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुने जनाइएको छ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।काठमाडौँ लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर ९फार्म० ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण विसं २०८३ मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।
रेडियो र जलवायु परिवर्तन
हरेक वर्ष १३ फेब्रुअरीलाई विश्व रेडियो दिवसका रूपमा मनाउने चलन छ ।
मौसम सन्देशमा स्थानीय रेडियो
टाढा भएका आफन्त वा साथीभाइ जोसँग फोनमा वा अनलाइनमा कुराकानी सुरु गर्दा सबैभन्दा पहिले सन्चै छ भनेर सुरु गरिन्छ,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, फागुन १ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ०२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रूपैयाँ निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ ०४ पैसा र बिक्रीदर नौ रूपैयाँ ०८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १९ रूपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०२ पैसा र बिक्री दर ३१ रूपैयाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ७६ पैसा र बिक्रीदर रूपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ३२ पैसा र बिक्री दर १९ रूपैयाँ ४० पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ३० पैसा र बिक्रीदर ४५१ रूपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ६५ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ९१ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
आज विश्व रेडियो दिवस
काठमाडौँ, फागुन १ गते । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो । लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम हो । रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनका आवज बोल्न, प्रतिनिधित्व गर्न तथा सुन्न र सुनाउन कुनै समयमा निर्वाह गरेको भूमिका अतुलनीय छ । विपत्तिका बेला तथा अगम्य ग्रामीण क्षेत्रका सर्वसाधारणको हरपलको साथी बनेको रेडियोले सूचना, मनोरञ्जन र शिक्षा दिएर सामाजिक परिवर्तनमा पनि प्रशंसनीय भूमिका निर्वाह गरेको छ । सकारात्मक संवादलाई बढावा दिन रेडियो उपयोगी मानिएको छ ।
एक्टिङ स्टारमा छानिए कलाकार
एक्टिङ रियालिटी सो ‘एक्टिङ स्टार’ को प्रि–जज अडिसन सम्पन्न भएको छ । ‘एक्टिङ स्टार’ मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसनमार्फत भिडियो पठाएका थिए ।
कर्णाली टिम पहिलो
राष्ट्रिय युवामैत्री लोकदोहोरी प्रतियोगितामा तारा थापा र सुमन खड्काको कर्णाली टिम पहिलो भएको छ ।
आजको मौसमः देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम
काठमाडौँ, फागुन १ गते । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शुक्रबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
विश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा
सन् २०२७ को विश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा गरिने भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न विश्व पुस्तकालय सम्मेलनले सन् २०२६ को सम्मेलन श्रीलङ्का र सन् २०२७ को नेपालमा गर्ने निर्णय भएको छ ।
सुवेदीको ‘आफूसित आफैँ दङ्ग’
बालबालिकालाई आफ्नो काम आफैँ गर्न सिकाउने शैक्षिक चेतनामूलक बालगीत ‘आफूसित आफैँ दङ्ग’ सार्वजनिक भएको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर
कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर देखिएका छन् ।
अन्तरदेशीय प्रसारण लाइन निर्माणको खाकामा सहमति
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको खाका (मोडालिटी) मा सहमति भएको छ ।
ब्याजदर औसतमा स्थिर
फागुनमा अधिकांश वाणिज्य बैङ्कको ब्याजदर स्थिर रहेको छ । माघको तुलनामा फागुनमा वाणिज्य बैङ्कहरूको ब्याजदर औसतमा स्थिर रहेको छ ।
हस्तान्तरण नहुँदै विमानस्थलमा प्वाल
सिमकोट विमानस्थलको नयाँ निर्माण गरिएको एप्रोन (ट्याक्सी वे) हस्तान्तरण नहुँदै प्वाल परेको छ । एप्रोनका लागि पुरिएको माटोमा राम्रोसँग रोलर नलाउँदा माटो दबिएपछि कालोपत्रे गरेको एप्रोनको भागमा प्वाल परेको हो ।
पूर्वले भित्र्याउन सकेन भारतीय पर्यटक
पूर्वी नेपालका धेरै पर्यटकीय गन्तव्य अहिले पनि पर्यटकको पर्खाइमा छन् ।
विज्ञान सङ्ग्रहालयलाई चिनियाँ सहयोग
चीन सरकारले बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिलाई विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्री उपलब्ध गराएको छ ।
‘अध्यादेशमा सहमति नभए बहुमतबाट पारित हुन्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेशमा सर्वसम्मत नभए बहुमतबाट पारित हुने बताउनुभएको छ ।
कक्षा १२ पासलाई जनरल नर्सिङ पढ्ने अवसर
प्रधानमन्त्री तथा चिकित्सा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले सरकारी स्वास्थ्य संस्थामा २०९ सिट थप गर्ने निर्णय गरेको छ ।
पाँच वर्षलाई भारतीय चन्दन
भारतको गोवा राज्यका स्वास्थ्य तथा सहरी विकासमन्त्री विश्वजित प्रतापसिंह राणेले पशुपतिनाथ मन्दिरमा ३५ किलोग्राम श्रीखण्ड चन्दन प्रदान गर्नुभएको छ ।
आधा कार्यकाल सकिएपछि मुद्दाको अन्तिम सुनुवाइ सुरु
संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध चार वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रिटमा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ ।
आगलागी हुँदा चार पसलमा क्षति
घोराहीमा आगलागीबाट चार वटा पसलमा क्षति पुगेको छ । बुधवार साँझ करिव साढे ८ बजेतिर आगलागी हुँदा घोराही उपमहानगरपालिका –१५ ट्राफिक चोकमा रहेका चार वटा किराना तथा तरकारी पसलमा क्षति पुगेको हो ।
यो सरकारलाई असफल हुने छुट छैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई ठुला दल नेपाली काँग्रेस र नेकपा (एमाले) को संयुक्त यो सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ ।
अफ्रिकन स्वाइन फिभरबाट १६ बङ्गुर मरे
तनहुँमा ‘अफ्रिकन स्वाइन फिभर’ रोगबाट बङ्गुर मर्न थालेका छन् । जिल्लामा १६ वटा बङ्गुर मरिसकेको र २१ बिरामी परेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. राजेश चौधरीले बताउनुभयो ।