सुत्केरी सचेतनाका लागि ‘कालो टीका’ अभियान
पश्चिम बागलुङको निसीखोला गाउँपालिका –६ तिर्खापानी आमा समूहका सदस्यसमेत रहनुभएकी निरुता बुढा गत कात्तिक १४ गते घरमै सुत्केरी भएपछि आमा समूहले उहाँको घरमा ‘कालो टीका’ लगाइदियो । सुत्केरी हुन घर परिवारले स्वास्थ्य संस्थामा जान नदिएपछि बुढाको घरको सामाजिक नक्सामा आमा समूहले ‘कालो टीका’ लगाइदिएको हो ।
कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाका तीन गाउँपालिका उत्कृष्ट
कार्यसम्पादनको मूल्याङ्कनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् ।
फोनिज दाङको अध्यक्षमा दिप्तीशिखा
आदिवासी जनजाति पत्रकार महासंघ दाङको अध्यक्षमा दिप्तीशिखा चौधरी सर्वसहमत निर्वाचित हुनुभएको छ । बिहीबार तुलसिपुरमा भएको दशौँ अधिवेशनबाट चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
मध्यविन्दुमा जग्गा नापजाँच सुरु
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन मध्यविन्दु नगरपालिकामा पुनः प्रक्रिया सुरु गरिएको छ ।
मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी
मधेश कृषि विश्वविद्यालयका आन्दोलनरत उप–प्राध्यापकहरूले राजविराजस्थित मधेस कृषि विश्वविद्यालयमा बिहीबार तालाबन्दी गरेका छन् ।
दुई वडामा स्वास्थ्य सेवा केन्द्र निर्माण हुने
जग्गा दानस्वरूप प्राप्त भएपछि मनाङ ङिस्याङ गाउँपालिकाका दुई वटा वडामा स्वास्थ्य सेवा केन्द्र निर्माण हुने भएको छ ।
महायज्ञमा साढे चार करोडभन्दा बढी सङ्कलन
मानवसेवा आश्रम धनगढी शाखाले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा साढे चार करोडभन्दा बढी रुपियाँ सङ्कलन भएको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा परिवर्तन गाउँपालिका उत्कृष्ट
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कन अनुसार रोल्पाको परिवर्तन गाउँपालिका उत्कृष्ट देखिएको छ ।
नेपाल भाषाका दुई म्युजिक भिडियो सार्वजनिक
नेपाल भाषाको दुई म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध
रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ । यहाँको रामपुर–७ मा बसोबास गर्ने फरक क्षमता भएका नौ जनालाई सहायता सामग्री (ह्विलचियर) सहयोग गरिएको हो ।
नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरु
प्रदेशका स्वास्थ्य तथा जनासङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले नसर्ने रोग पहिचानको लागि एक महिने अभियानको शुभारम्भ गर्नुभएको छ ।
सिगासका ६३ घरमा एकै पटक विद्युत् सेवा
बैतडीको च्वागढ क्षेत्रमा पर्ने दुर्गम सिगास गाउँपालिका ३ का ६३ घरमा एकैपटक विद्युत् सेवा पुगेको छ ।
अध्यक्ष प्रचण्डद्वारा गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गर्नुभएको छ ।
भिड नियन्त्रण सम्बन्धी संयुक्त अभ्यास
जिल्ला प्रहरी कार्यालय कपिलबस्तु र सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हे. क्वा कपिलवस्तुको सहकार्यमा भिड नियन्त्रण सम्बन्धी संयुक्त अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँसभाको हिउँदे अधिवेशनबाट तीन विधेयक पारित
म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाले तीन वटा विधेयक पारित गरेको छ ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने भएका छन् ।
पोखरामा ट्याक्सी चढ्नेले 'लगबुक' भर्नुपर्ने
पोखरामा ट्याक्सी चढ्दा हरेक यात्रुले लग बुक भर्नुपर्ने भएको छ ।
९ वटा क्रसर उद्योगको विद्युत लाइन काटियो
धनुषाको मिथिला नगरपालिकामा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगहरुको विद्युत आपूर्ति बन्द गरिएको छ ।
भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु
सुनकोशी गाउँपालिका–३ नौबिसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो ।
सडक छेउका रुख व्यवस्थापन गरिँदै
सडक आवागमन र मानव बस्तीलाई जोखिममा पार्दै आएको सडक छेउका रुख विस्थापन प्रक्रिया अघि बढेको छ । स्थानीयले विभिन्न चरणमा गरेको दुई वर्ष लामो सङघर्ष र अनेकन प्रयासपछि वीपी राजमार्ग दायाँ–बायाँ रहेका विविध प्रजातिका रुखहरु विस्थापनको पहल थालिएको हो ।
घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का आह्वान
दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारका लागि ठेक्का आह्वान भएको छ । सडक विभागअन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले विहीबार सार्वजनिक सूचना जारी गर्दै घोराही–तुलसीपुर सडक विस्तारका लागि तीन अर्ब ९९ करोड रुपियाँको ठेक्का आह्वान गरेको हो ।
कोतडाँडाबाट देखिएको म्याग्दी र बागलुङ आसपासका क्षेत्र
म्याग्दी, फागुन १ गते । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको कोतडाँडाबाट देखिएको भकुण्डे, गौश्वारा र बागलुङ जिल्लाको पञ्चासे, मालिकालगायतका क्षेत्र । तस्बिरः रासस
टमाटर टिप्दै किसान
सुनसरी, फागुन १ गते । सुनसरीको इनरुवा नगरपालिका ८ मा बिक्रीका लागि बजार पठाउन बारीमा टमाटर टिप्दै किसान । १५ कट्ठा जमिनमा व्यावसायिक रुपमा टमाटर खेती गरिरहेका किसान शिवचरण मेहताका अनुसार अहिले टमाटरको भाउ घटेर थोकमा १५ रुपियाँभन्दा कम मूल्यमा बिक्री भइरहेको छ । तस्बिरः रासस