• १ फागुन २०८१, बिहिबार

फोनिज दाङको अध्यक्षमा दिप्तीशिखा

blog

नवनिर्वाचित अध्यक्ष दिप्तीशिखा चौधरीलाई निवर्तमान अध्यक्ष प्रेमबहादुर राम्जाले माइन्यूट हस्तान्तरण गर्दै ।

गोकर्ण पौडेल 

तुलसिपुर, फागुन १ गते । आदिवासी जनजाति पत्रकार महासंघ दाङको अध्यक्षमा दिप्तीशिखा चौधरी सर्वसहमत निर्वाचित हुनुभएको छ । बिहीबार तुलसिपुरमा भएको दशौँ अधिवेशनबाट चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । 

उपाध्यक्षमा दीपक जिएम, सचिवमा एचआर मगर, कोषाध्यक्ष निता चौधरी, सहसचिवमा जयन्ती चौधरी चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा सरिता चौधरी, प्रेमकुमारी बुढा, प्रिया चौधरी र सुरक्षा चौधरी रहनुभएको छ । केन्द्रीय प्रतिनिधिमा सविन प्रियाशन, रिता लामा र जीत सागर जिएम निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा प्रेमबहादुर राम्जा र जयन्ती चौधरी रहनुभएको छ ।

महासंघ दाङ शाखा अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता एवम् पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियाशनको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।