कन्हैयालाल केशरी
पर्सा, असार ५ गते । सरकारले सवारी चालक अनुमतिपत्र ब्यवस्थित सरल र सहज रुपमा बितरण गर्न प्रायजसो जिल्लाबाट सवारी चालक अनुमतिपत्र बितरण गरिरहेको छ ।
मधेश प्रदेश सरकारले पनि प्रदेशको आठवटै जिल्लाबाट सवारी चालक अनुमतिपत्र बितरण गरिरहेको छ । पर्सा जिल्लामा ३० प्रतिशत स्थानीयले ८० प्रतिशत काठमाडौँ, पोखरा, चितवन, मकवानपुर, बेनी, बागलुङ र कुसुम लगायतका ठाउँबाट सवारी चालक अनुमतिपत्रका लागि निबेदन दिने गरेको कार्यालयको तथ्याङ्कमा देखिन्छ।
नारायणी यातायात ब्यबस्था कार्यालय पर्साको आधिकारिक फेसबुक पेजमा २०८२ साल जेठ १५ गते २२ गते र २८ गते क्रमश: चार सय ७६ तीन सय ६० र पाच सय २८ जनाले लिखित परीक्षा उत्तीर्ण गरेको सुचना राखिएको छ।
लिखित परीक्षाको नतीजा सोही दिन साझ प्रकाशित गर्ने गरिन्छ । लिखित परीक्षाको भोलिपल्ट ट्रायल लिने गरीएकोमा सोको नतिजा यातायात ब्यबस्था कार्यालय पर्साले आफनो आधिकारिक फेसबुक पेजमा नराख्दा बिचौलियाहरुको आर्थिक चलखेल भईरहेको छ ।
सवारी चालक अनुमतिपत्र सहज रुपमा पर्सा जिल्लाबाट लिन सकिने भएपछि टाढाबाट अन्य जिल्लाका ब्यक्तिहरु पनि बीरगञ्ज आउने गरेको बिचौलिया रामगोपाल साहको भनाई छ।
बिचौलिया दुई प्रकारका छन्, र्कायालय भित्रका कर्मचारी र बाहिरका लेखनदास र सवारी चलाउन सिकाउन कार्यालय खोलेर बसेकाहरु सोझै कार्यालयका कर्मचारी मार्फत जाँदा केहि छुट हुने भएपनि सबैको पहुँच कर्मचारीसँग नहुने भएकाले लेखनदास र सवारी सिकाउनेहरु मार्फतनै जाने गरेको लेखनदास हरीशंकर महतोको भनाई छ।
बिचौलियाहरुका अनुसार दुई पाङग्रे सवारीको दसदेखि बारह हजारसम्म र चार पाँग्रे सवारीका लागि बढीमा २५ हजारसम्म लिने गरिन्छ ।
र्कायालय प्रमुख कुशेश्वर साहले लिखित परीक्षाको जिम्मेवारी नायब सुब्बा बद्री दहाललाई र लिखित परीक्षाको जिम्मेवारी नायब सुब्बा रामचन्द्र महतोलाई दिनुभएको छ ।
प्रमुख साह नायब सुब्बा दहाल र महतो दोहोरीएर आएका कर्मचारी भएकोले उहाँहरू यातायात ब्यबस्था कार्यालय पर्साका बिचौलिया लगायतका अन्य काम कारवाहीका जानकार हुनुहुन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले आफनो कार्यालयबाट तीन चार जना जुनियर प्रहरी अधिकृत र जवान प्रतिनिधितको रुपमा जाने गरेकोले सवारी चालक अनुमतिपत्र बितरणमा आफनो कार्यालयको खासै भुमिका नरहेको बताउनुहुन्छ ।
बिचौलियाको चलखेल बढेपछि समय समयमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय हेटौँडा र जिल्ला प्रशासन कार्यालय पर्साले छड्के चेकजाँच गरेपनि यातायात ब्यबस्था कार्यालय पर्सा सुध्रिएको छैन ।
कार्यालय प्रमुख कुशेश्वर साहले सरकारले जुनसुकै ब्यक्तिलाई जुनसुकै जिल्लाबाट सवारी चालक अनुमतिपत्र बितरण गर्ने अधिकार दिइएकोले कार्यालय सोहीअनुरूप गरीरहेको बताउनुहुन्छ, उहाँले आर्थिक चलखेलका बारेमा थप जानकारी दिन भने चाहनु भएन ।
यसैबिच गैरकानुनी रुपमा र्सावजनिक पदको दुरुपयोग गर्दै दुइ करोड ५१ लाख ७८ हजार ६८७ रुपियाँ बराबरको सम्पत्ति आर्जन गरेको ठहर गर्दौ अख्तियार दुरुपयोग अनुशन्धान आयोगले यातायात ब्यबस्था कार्यालय पर्साका तत्कालिन प्रमुख कमलराज गौतम माथि विशेष अदालतमा मुद्दा दायर गरेको छ।