अविनाश चौधरी
धनगढी, फागुन १ गते । मानवसेवा आश्रम धनगढी शाखाले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा साढे चार करोडभन्दा बढी रुपियाँ सङ्कलन भएको छ ।
सरकारी निकाय, जनप्रतिनिधि, निजी क्षेत्र, विभिन्न व्यक्तिबाट आश्रमलाई सो रकम प्राप्त भएको हो । मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणका लागि श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको थियो । महायज्ञमा चार करोड ८३ लाख रुपियाँ दान सङ्कलन भएको आश्रमले जानकारी दिएको छ ।
महायज्ञको अन्तिम दिन ४७ लाख रुपियाँ सङ्कलन भएको जनाइएको छ । दाताहरुको उत्साहजनक दानले सुदूरपश्चिमलाई सडकआश्रित सहयोगापेक्षी सडक आश्रित प्रदेश बनाउन सहयोग पुग्ने आश्रमका अध्यक्ष रामजी अधिकारले बताउनुभयो ।
श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद्भागवत कथा वाचन गर्नुभएको थियो ।