• २५ जेठ २०८२, आइतबार

मोहन वैद्यको आइसियूमा उपचार हुँदै

blog

क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ त्रिवि शिक्षण अस्पतालको आइसियू कक्षमा उपचार गर्नुहुँदै । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ २५ गते । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ को त्रिवि शिक्षण अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ । अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसयराले वैद्यको गत जेठ १५ गतेदेखि आइसियूमा उपचार भइरहेको जानकारी दिनुभयो। 

उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँलाई पुरानो दम समस्याको कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो। अक्सिजनको लेभल बेला–बेला तलमाथि हुनेगरेकाले उहाँलाई आइसियूमै राखेर उपचार गरिएको चिकित्सकको भनाइ छ। गत पुसमा वैद्यलाई दमको समस्याले दुःख दिएर एक महिना शिक्षण अस्पतालमा राखेर उपचार गरिएको थियो ।

अस्पतालका प्रवक्ता एवम् सह–प्राडा. गोपाल सेडाईले वैद्यको जेठ १५ गतेदेखि दम तथा छाती रोग सङ्क्रमण भई सघन उपचार कक्ष (आइसियूमा) नेता वैद्यको उपचार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले वैद्यको पल्मोनोलोजी एंव क्रिटिकल केयर विभागमा उपचार भइरहेको छ ।