व्यावसायिक सुर्तीखेती
महोत्तरी, फागुन १ गते । महोत्तरीको महोत्तरी गाउँपालिका ६ मा स्थानीय किसानले व्यावसायिक रूपमा गरेको सुर्तीखेती । तस्बिरः रासस
तीनमुखे झोलुङ्गे पुल
गुल्मी, फागुन १ गते । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीस्थित कालीगण्डकी नदीमा निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल । तस्बिरः रासस
गोही प्रजनन केन्द्र
बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा रहेका घडियाल गोही बिहानको समयमा घाम ताप्दै ।
सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल
तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालले सेवा विस्तार गरिरहेको छ ।
दुई प्रदेश सरकारबिच साझा प्रतिबद्धता
लुम्बिनी र गण्डकी प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धता गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको हो ।
स्थानीय तहका अस्पताल अन्योलमै
गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक १५ शय्याको अस्पताल निर्माण सम्पन्न गरी बिहीबार (फागुन १ गते) देखि सञ्चालनमा ल्याइने भएको छ ।
अनुदानमा सर्वसाधारणको पहुँच पुग्नुपर्ने
परराष्ट्रमन्त्री आरजु राणाले प्रदेश सरकारले दिने हरेक अनुदानमा सर्वसाधारणको पहुँच पुग्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
व्यवस्थित सहर बन्दै बैरेनी
तनहुँको व्यास नगरपालिका–१० बैरेनी क्षेत्रलाई व्यवस्थित गर्दै आधुनिक सहरमा परिणत गर्न भौतिक पूर्वाधार निर्माण तीव्र छ ।व्यास नगरपालिकाले व्यवस्थित सहर बनाउन बैरेनी जग्गा एकीकरण आयोजना सञ्चालन गरेपछि आधुनिक बन्ने कामले तीव्रता पाएको हो ।
मालपोतको काम प्रभावित
गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै लहानस्थित मालपोत कार्यालयअगाडि स्थानीय धर्नामा बसेपछि दुई दिनदेखि नियमित काम प्रभावित भएको छ । लहान नगरपालिकाको २४ वटै वडाका स्थानीयले सङ्घर्ष समिति गठन गरेर धर्ना दिएका हुन् ।
महिला सामुदायिक वन पुरुषले चलाउँदै
कैलालीमा महिलाले नेतृत्वसहित संरक्षण, व्यवस्थापन गर्ने गरी दर्ता भएका कतिपय महिला सामुदायिक वनलाई पुरुषले चलाइरहेका छन् ।
किसानद्वारा स्याऊँ बगैँचाका बोटलाई बोलोपेष्ट
किसानहरु स्याउ बगैँचाका बोटहरूमा बोलोपेस्ट गर्ने कार्यका ब्यस्थ्य देखिनु भएको छ । स्याउको बोटलाई किराबाट सुरक्षित गर्न र उत्पादन वृद्धि गर्नका लागि जिल्ला भरका किसानहरू यो कार्यमा लाग्नु भएको हो ।
पुलको भारवहन क्षमता कमी हुँदा आलोपालो
बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाडखोलामा निर्माण गरिएको पक्की पुलमा गाडीलाई एक वर्षमै आलोपालो गर्नु परेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
विधेयक समितिमा पठाउन माग
मधेश प्रदेश सभाका सदस्यले गाउँ सभा, नगर सभा र जिल्ला सभा कार्य सञ्चालन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई विस्तृत छलफलका लागि समितिमा पठाउन माग गरेका छन् ।
आज हेटौँडा उपमहानगरको सेवा र शैक्षिक संस्थाहरू बन्द
हेटौँडा उपमहानगरपालिका कार्यालय र मातहतका कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा आज बिहीबारका लागि बन्द गरिएको छ ।
संसदीय समिति सक्रिय
कर्णाली प्रदेश सभाका संसदीय समिति अहिले सक्रिय बनेका छन् । नेतृत्वविहीन हुँदा निष्क्रिय झैँ बनेका समिति माघ १० गते संसदीय समितिलाई पूर्णता दिएपछि दिनहुँ जसो बैठक बसिरहेका छन् ।
प्रयोगविहीन बने प्रयोगशालाका उपकरण
कोरोना सङ्क्रमण सुरु भएपछि सरकारले कोरोनाको परीक्षणलगायतका प्रयोगशाला सुविधासम्पन्न बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेलमा करोडौँ रुपियाँ खर्चेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
चार वटा पुलको निर्माण प्रारम्भ
बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडक स्तरोन्नतिको काम पुल निर्माणको चरणबाट सुरु भएको छ । पहिलो चरणमा सो सडकखण्डमा निर्माण हुने ३० वटा पक्की पुलमध्ये चार वटा पुलको एकैसाथ निर्माण सुरु गरिएको छ । सो सडकखण्डको यही माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो ।
बहाब घट्यो हुम्ला कर्णालीको
हुम्ला हुँदै बग्ने कर्णाली नदीमा पानीको बहाब घट्दै गएको छ ।
फर्काऊँ हावाको स्वच्छता
मानिसलाई बाँच्नका निम्ति खाना, पानी र हावा चाहिन्छ । खाना निश्चित समयको फरकमा भए हुन्छ । दिनमा दुई/तीन पटक खाना चाहिन्छ ।
आर्थिक समृद्धिको अभियान
राजनीतिक दल तथा सरकारले राजनीतिक स्थिरता र शान्तिको मार्ग प्रशस्त गरी पुँजी तथा मानवीय स्रोत पलायनलाई रोक्दै मुलुकलाई दिगो विकास र समृद्धिमा अगाडि बढाउने नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी देखिन्छ ।
चौबिस वर्षपछि सडक स्तरोन्नति
ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो । बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छभने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । विसं २०५४ मा बागलुङ बजारदेखि रु तीन लाख बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरुआत भएको थियो ।
छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
नवलपरासी, फागुन १ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उहाँ बेचैन हुनुहुन्छ । श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालुम्म न शव आएको छ, न त राहत रकम नै । लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी थप बढेको छ । छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहनुभएको छ । शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ । “शव आउला भन्ने आश गर्दागर्दै १० महिना बितिसक्यो तर न शव देख्न पाइयो, न राहत रकम नै हात प¥यो”, उहाँले भन्नुभयो, “म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, मेसो पाउन सकेको छैन ।”तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताउनुभयो । “समयमै शव वा कागजात नआउँदा राज्यबाट प्राप्त हुने राहत नै पाइँदैन कि भन्ने चिन्ता पनि थपिएको छ”, उहाँले भन्नुभयो, “जे हुने भई हाल्यो, केही राहत पाए त यो छोरीको लालनपालनमा सहयोग हुने थियो ।”सुरक्षित आप्रवासन केन्द्र [सामी परियोजना] की परामर्शदाता रञ्जना लम्सालले मृत्युको खबर आउनेबित्तिकै नाता प्रमाणित गरी आवश्यक कागजपत्र मलेसिया पठाइए पनि अझै शव नेपाल ल्याउन नसकिएको बताउनुभयो । “मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुन्छ भनेर नपठाएको जानकारी पाएका छौँ । मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालिकाले पाउने राहत गुम्ला कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताउनुभयो । “शव परिचालनमा नै लामो समय लागेको दूतावासले जानकारी गराएको थियो”, उहाँले भन्नुभयो, “शव पहिचान भएपछि नेपाल ल्याउन पहल गर्दा पनि शव अस्पतालमै रहेको र अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित पनि नगरेको जानकारी पाएका छौँ ।”सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी [बर्दघाट सुस्तापूर्व] बाट वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ । यो अवधिमा मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आउन बाँकी छ ।