विद्यार्थीले अनिवार्य पढ्नैपर्ने
अछामको विकट क्षेत्र मानिने रामारोशन गाउँपालिकाका विद्यालयको शिक्षामा सुधार ल्याउन विशेष अभियान थालनी गरिएको छ ।
सुशासन प्रवर्धनमा अख्तियार
नेपालमा सार्वजनिक सेवा प्रवाहलाई सुशासनमैत्री बनाउने निरन्तरको प्रयास अझै पनि चाहे जसरी सार्थक हुन सकेको छैन ।
निजामती कर्मचारीको व्यवस्थापन
२००७ सालअघि अर्थात् राणा शासनकालमा उच्चपदस्थ शासकलाई ‘चाकडी’ गरेर जागिर खाने प्रचलन थियो ।
स्वस्थानी व्रत र माधवनारायण
माघ महिनामा हरेक हिन्दु धर्मावलम्बीहरूका घर घरमा श्रीस्वस्थानी देवीको व्रतउपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने, सुनाउने प्रचलन रहिआएको छ ।
प्रेस चौतारी नवलपुरको अध्यक्षमा डुम्रे चयन
प्रेस चौतारी नेपाल नवलपुरको अध्यक्षमा तीर्थराज डुम्रे चयन हुनु भएको छ । चौतारीको सातौँ जिल्ला अधिवेशनले डुम्रेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नइ प्रकाशनद्वारा २०८० सालको नइ चन्द्रधन पुरस्कारबाट कसलाई सम्मानित गरियो ? प्रा.चेतोनाथ शर्मा आचार्य
आगो ताप्दा जलेर एक वृद्धको मृत्यु
गुल्मी, माघ ३० गते । गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाका ८० वर्षीय ईन्द्रलाल गिरीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।मङ्गलबार राती करिब ९ः३० बजेको समयमा आफ्नै घरमा आगो ताप्ने क्रममा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भई रहेको जनाएको छ । अविवाहित रहेका मृतक गिरीको परिवारमा भाई मात्र रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मानव विकासको अवधारणा : विषयगत प्रश्नोत्तर
मानव विकासको अवधारणा १. मानव विकास भनेको के हो ? मानव विकासका सम्बन्धमा अमत्र्य सेनको दृष्टिकोण उल्लेख गर्दै नेपालमा मानव विकासको क्षेत्रमा देखा परेका समस्या पहिचान गर्नुहोस् ।
‘सारा दिन अरूलाई दिएँ’ सार्वजनिक
सन्तोष श्रेष्ठको सङ्गीत तथा गायक भक्तराज विश्वकर्माको स्वरमा ‘सारा दिन अरूलाई दिएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
सोह्र वर्षपछि मुआब्जा वितरण
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् ।
लोपोन्मुख संस्कृति संरक्षणमा युवा
सुर्खेतका एक सयभन्दा बढी युवकयुवती लोप हुन लागेको कला संस्कृतिको संरक्षणमा जुटेका छन् ।
संस्कृति झल्काउने सिलाम साक्मा
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लिम्बू जातिको सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको प्रवर्धन तथा प्रचार गरिएको छ ।
आजको मौसमः हल्का हिमपातले चिसो बड्ने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ ।
एकीकृत सूचना प्रणाली विकास गर्न सुझाव
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम र रोजगारसँग जोडिएका सबै सूचना दीर्घकालीन आवश्यकतालाई हेरेर एकीकृत सूचना प्रणालीको विकास गनुपर्ने सुझावसहितको प्रतिवेदन श्रममन्त्री शरतसिंह भण्डारीसमक्ष बुझाइएको छ ।
किवीका लागि शीतभण्डार
किवी फल भण्डारण गर्न जिल्लामा पहिलो शीतभण्डार निर्माण गरिएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१, दहमा किवीका लागि शीतभण्डार निर्माण गरिएको हो ।
राखौँ दुई दिन टिक्दैन बेचौँ पाँच रुपियाँ उठ्दैन
नेपाली किसानले उत्पादन गरेका काउली, बन्दा, गोलभेँडालगायतका तरकारीले बजार र मूल्य नपाउँदा उत्पादक किसान मर्कामा छन् । तरकारी उत्पादनमा लाखौँ लगानी गरेर उत्पादन गरेका तरकारीले भाउ नपाउँदा तरकारी उत्पादक किसान मर्कामा परेका हुन् ।
सुन तोलाको दुई लाखसम्म पुग्न सक्ने
स्थानीय बजारमा सुनको मूल्य बढेर तोलाको एक लाख ७० हजार रुपियाँ नाघेको छ । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर मङ्गलबार एक लाख ७० हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अर्थमा व्यापक हेरफेर
अर्थ मन्त्रालय र त्यस अन्तर्गतका निकायमा व्यापक हेरफेर गरिएको छ । अर्थ मन्त्रालयका सचिव डा. राजन घिमिरेको ठाउँमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । घिमिरेलाई राष्ट्रपति कार्यालयको सचिवमा सरुवा गरिएको छ ।
दलको लेखा परीक्षण : बयासी दलले बुझाए प्रतिवेदन
निर्वाचन आयोगमा ८२ राजनीतिक दलले आय व्ययको लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् ।
बिथोलियो प्रतिनिधि सभा बैठक
संसद्को कार्यसञ्चालन विधि र विषयवस्तुमा सत्तापक्ष र प्रतिपक्ष सांसदबिच विवाद हुँदा प्रतिनिधि सभाको बैठक पटक–पटक प्रभावित बनेको छ । बजेट अधिवेशन प्रारम्भदेखि नै प्रतिपक्ष र सत्तापक्षका सांसद्बिच विवाद हुँदै आएको छ ।
राजधानीमै क्रिप्टो कारोबार र अनलाइन बेटिङका अखडा !
सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो समय सट्टेबाजी, क्रिप्टोकरेन्सी कारोबारलगायत आर्थिक अपराधका घटना एकपछि अर्को गरी बाहिरिन थालेका छन् ।
एनजिओको खर्च खोजिने
गैरसरकारी संस्था (एनजिओ) हरूले विदेशबाट रकम ल्याएर नेपालमा गरिरहेको खर्च र तत्पश्चात भएका उपलब्धिको गृह मन्त्रालयले खोजबिन सुरु गरेको छ ।
वायु गुणस्तर ‘खतरनाक’
अचानक बढेको चिसोसँगै तुवाँलो बढ्दा काठमाडौँ उपत्यकाको एक क्षेत्रको वातावरण ‘खतरनाक’ रूपले प्रदूषित बनेको छ ।
‘सरकारी’ आँट देखाएनन् स्थानीय तहले
संवैधानिक रूपमा स्थानीय सरकार लेख्न सक्ने भए पनि अधिकांश स्थानीय तहले आफ्नो पत्रको शिरोभाग (लेटर हेड) र पाटी (बोर्ड) मा ‘स्थानीय सरकार’ उल्लेख गरेको पाइन्न । केहीले मात्र यसको अभ्यास गरेका छन् ।