नाम्खा गाउँपालिका र स्तुपा सामुदायिक अस्पतालबिच सम्झौता
हिमाली जिल्लाको नाम्खा गाउँपालिका र राजधानीको स्तुपा सामुदायिक अस्पतालबिच उपचारमा विशेष छुट लिने सम्झौता भएको छ ।
स्थानीय तहका कर्मचारीले अल्टीमेटम दिँदै बुझाए ज्ञापनपत्र
कर्णाली सरकारले जारी गरेको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनले अन्याय परेको भन्दै आन्दोलित स्थानीय तहका कर्मचारीहरुले अन्तिम अल्टिमेटम दिएका छन् ।
सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी
सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् ।
भौगोलिक र विकट क्षेत्रबाट सेवा लिनै समस्या
सदरमुकाम तम्घासदेखि भौगोलिक हिसावले टाढा रहेका स्थानीयहरुलाई प्रशासननबाट सहज रुपमा सेवा लिन समस्या हुने गरेको छ ।
‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन
पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ ।
सवारी दुर्घटनामा शिक्षकको मृत्यु
मिथिला नगरपालिका–४, पुष्पवलपुरका पूर्णबहादुर विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्याङ्जामा लक्ष्यभन्दा बढीले लगाए एचपिभी खोप
स्याङ्जामा लक्ष्यभन्दा बढीले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निः शुल्क एचपिभी खोप लगाएका छन् ।
महिलालाई सीप सिकाउँदै स्थानीय तह
जिल्लाका स्थानीय तहहरुले महिलालाई सीप सिकाउन थालेका छन् । यहाँको अमरगढी नगरपालिका–५ अमरगढीका महिलाहरुलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ ।
प्रदेश सरकारद्वारा एम्बुलेन्स भाडादर निर्धारण
बागमती प्रदेश सरकारले बागमती प्रदेशभर सञ्चालन हुने एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ ।
विद्यार्थीलाई आत्महत्या रोकथामसम्बन्धी सचेतना
कपिलवस्तुमा विद्यार्थीलाई आत्महत्या रोकथामसम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिका ७ स्थित श्री राष्ट्रिय जनहित माध्यमिक विद्यालय धरमपनियामा सो कार्यक्रमको आयोजना गरेको हो ।
जलेर महिलाको मृत्यु
घटना लगत्तै तुलसीपुरस्थित चिनारी अस्पतालमा सामान्य उपचारपछि उहाँलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएकोमा त्यहाँपनि उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको थियो ।
अडिटर्स एसोसिएसनले महाधिवेशन मिति तोक्यो
काठमाडौँ, माघ २९ गते । नेपाल अडिटर्स एसोसिएसनले आफ्नो सातौँ राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले २०८२ जेठ १६ र १७ गते काठमाडौंमा अधिवेशन गर्ने जनाएको हो । बाइसौँ सचिवालयको पूर्ण बैठकले देशैभरका जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गरी महाधिवेशन गर्ने तयारीमा जुटेको एसोसिएसनका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिनुभयो । बैठकले आगामी सातौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि चैत्र १० गतेभित्र जिल्ला अधिवेशन र २०८२ वैशाख १० गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् । घोडाघोडीको वडा नं ४ सिम्थरीमा छ र वडा नं ९ गोदनीमा छवटा आवास निर्माण गरिएका हुन् ।
कञ्चनजङ्घा हीरक महोत्सवको लोगो सार्वजनिक
ताप्लेजुङ, माघ २९ गते । आगामी बैशाखमा ताप्लेजुङमा आयोजना गर्न लागिएको कञ्चनजङ्घा हीरक महोत्सवको ‘लोगो’ सार्वजनिक गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहणको ७० वर्ष पुगेको अवसरमा आयोजना गर्न लागिएको कञ्चनजङ्घा हीरक महोत्सवको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।कञ्चनजङ्घा हीरक महोत्सव संयोजन समितिले सोमबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै लोगो सार्वजनिक गरेको हो । महोत्सवको आधिकारिक लोगो सार्वजनिक गर्नुहुँदै संयोजन समितिका संयोजक पिछ्वाङ शेर्पाले महोत्सवको प्रचारप्रसारमा टेवा पुग्ने बताउनुभयो ।महोत्सव भव्यरुपमा सम्पन्न गर्न व्यवस्थापन र तयारीमा जुटेको आयोजक समितिले तयारीलाई नै थप टेवा पुर्याउनेगरी महोत्सवको छुट्टै लोगो निर्माण गरेर सार्वजनिक गरिएको संयोजक शेर्पाले जानकारी दिनुभयो । उहाँले लोगो निर्माण (डिजाइन) सँगै महोत्सवको तयारी निरन्तर भइरहेको पनि जानकारी दिनुभयो ।कञ्चनजङ्घा आरोहणको ७० औं वार्षिक उत्सव अर्थात हीरक महोत्सव आगामी २०८२ साल वैशाख ५ देखि ७ गतेसम्म तीन दिन मनाइने भएको छ । कञ्चनजङ्घा व्यवस्थापन परिषद्को मुख्य कार्यालय रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा महोत्सव आयोजना हुने छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र प्रकृतिको उपहार, संरक्षण क्षेत्रमा पर्यापर्यटन समृद्धिको आधार भन्ने नारासहित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या बढाउने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको परिषद्का सदस्य–सचिव मनकुमार राईले जानकारी दिनुभयो ।समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा हिमालको सन् १९५५ मे २५ मा बेलायतका आरोही जर्ज बैण्डले पहिलो पटक आरोहण गर्नुभएको थियो । कञ्चनजङ्घामा मानव पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गर्न लागिएको हो । यसअघि २०७३ साल मङ्सिरमा पनि कञ्चनजङ्घा आरोहणको ६० वर्ष पुगेको अवसरमा फुङ्लिङको सुकेटारमा हीरक महोत्सव आयोजना गरिएको थियो ।
रुपन्देहीबाट ५ अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्षको ६ महिनामा गत वर्षको भन्दा ७७ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
‘एचपिभी खोप’ अभियान : खोपस्थलमा न्यूनतम सावधानीअपनाइएन
जिल्ला प्रशासन कार्यालयले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने क्रममा लापरवाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउनुभएको छ ।
चौँतिस हजार नागरिकको आँखा उपचार
नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा गुल्मीले वार्षिक करिब ३४ हजार नागरिकको आँखा उपचार र पाँच सयभन्दा बढीको शल्यक्रिया गरेको पाइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
अवैध खानी तथा क्रसरको अनुगमन सुरु
विपत्पछि जिल्लामा पुनः सञ्चालन भएका खानी तथा क्रसर उद्योगको स्थलगत अनुगमनका लागि गठन भएको कार्यदलले खानी तथा क्रसर उद्योग अनुगमनको काम सुरु गरेको छ । विपत्पछि अवैध रूपमा
ग्वाटेमाला बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो
काठमाडौँ, माघ २९ गते । ग्वाटेमाला सहरमा सोमवार ७५ जना यात्रु बाेकेको बस खोलामा खस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार एल रान्चो गाउँबाट यात्रा गरिरहेको गाडीले कारलाई ठक्कर दिँदै २० मिटर गहिरो खोलामा खसेको थियो । ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले दुर्घटनामा मानवीय क्षति भएकोमा दुःख व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गर्नुभयो । उहाँले विपद् न्यूनीकरणका लागि राष्ट्रिय संयोजकलाई घटनास्थलमा उपस्थित हुन र घाइतेहरूको लागि विशेष चिकित्सा हेरचाह मापदण्ड सक्रिय गर्न निर्देशन दिनुभएको छ । सिन्ह्वाको सहयोगमा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
दुई वटा विद्यालयमा मन्दिर उपहार
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठले निजी लगानीमा दुई वटा सरस्वती मन्दिर निर्माण गर्नुभएको छ ।
च्याउखेती
तनहुँ, माघ २९ गते । तनहुँको बन्दीपुर गाउँपालिका–५ मा स्थानीय किसानले गरेको च्याउखेती । गाउँपालिकाको सहयोगमा च्याउ खेतीसम्बन्धी तालिम लिएपछि यहाँका कृषक व्यावसायिक रुपमा च्याउखेतीमा लागेका छन् । तस्बिरः रासस