काठमाडौँ, माघ २९ गते । नेपाल अडिटर्स एसोसिएसनले आफ्नो सातौँ राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले २०८२ जेठ १६ र १७ गते काठमाडौंमा अधिवेशन गर्ने जनाएको हो ।
बाइसौँ सचिवालयको पूर्ण बैठकले देशैभरका जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गरी महाधिवेशन गर्ने तयारीमा जुटेको एसोसिएसनका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिनुभयो ।
बैठकले आगामी सातौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि चैत्र १० गतेभित्र जिल्ला अधिवेशन र २०८२ वैशाख १० गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।