केदार तिमिल्सिना
बनेपा, माघ २९ गते । विपत्पछि जिल्लामा पुनः सञ्चालन भएका खानी तथा क्रसर उद्योगको स्थलगत अनुगमनका लागि गठन भएको कार्यदलले खानी तथा क्रसर उद्योग अनुगमनको काम सुरु गरेको छ । विपत्पछि अवैध रूपमा खानी तथा व्रmसर उद्योग सञ्चालन भएपछि नदीजन्य पदार्थको उत्खनन, सङ्कलन तथा बिक्रीसम्बन्धी प्रक्रीयाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समितिको बैठकले दुई साताअघि जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा अनुगमन कार्यदल गठन गरेको थियो ।
जिल्ला समन्वय अधिकारी कृष्ण ब्याञ्जू संयोजकत्वको अनुगमन कार्यदलले समितिको निर्देशनबमोजिम जिल्लाको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा सञ्चालित खानी तथा व्रmसर उद्योगको अनुगमन सुरु गरेको हो । कार्यदलले बुधबार र बिहीबार जिल्लाको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा सञ्चालित खानी तथा व्रmसर उद्योगको अनुगमन गरेको हो । कार्यदलले पनौती नगरपालिकामा रहेका भालेश्वर रोडाढुङ्गा उद्योग, पनौती रोडाढुङ्गा उद्योग, सिद्धार्थ ढुङ्गा कटिङ उद्योग, कोहिनुर रोडाढुङ्गा उद्योग, काठमाडौँ रोडाढुङ्गा उद्योग, दीपलक्ष्मी एग्रिगेट प्रालि, डायमन्ड स्टोन एन्ड माइनिङ उद्योग, रुसी खोला ढुङ्गारोडा उद्योगको अनुगमन गरेको थियो ।
यस्तै गरी कार्यदलले बेथानचोक
गाउँपालिकामा सञ्चालित चण्डेश्वरी रोडाढुङ्गा उद्योग, रामकृष्ण निर्माण सेवा प्रालि, चलाल गणेशस्थान रोडाढुङ्गा र चलाल गणेशस्थान खनिज उद्योगको अनुगमन गरेको कार्यदलका संयोजक तथा जिल्ला समन्वय अधिकारी कृष्ण ब्याञ्जूले जानकारी दिनुभयो । अनुगमन कार्यदलले अनुगमन गर्ने व्रmममा बेथानचोक गाउँपालिका–४ मा नवीकरणबिना नै सञ्चालनमा रहेको चलाल गणेशस्थान खनिज उद्योगलाई नवीकरण नभएका कारण नवीकरणको प्रव्रिmया पूरा गरेर सञ्चालन गर्न उक्त उद्योग बन्द गराएको कार्यदलका संयोजक ब्याञ्जूले बताउनुभयो ।
खानी तथा व्रmसर उद्योगको अनुगमनका व्रmममा पनौती नगरपालिकाभित्र सञ्चालित अधिकांश उद्योगमा सूचना पाटी (होडिङ बोर्ड) नराखेको, दर्ता, नवीकरणसम्बन्धी आवश्यक कागजात नभएको पाइएको छ । अनुगमनका क्रममा उद्योगी, व्यवसायीले असोज महिनामा आएको बाढीपहिरोबाट उद्योगको कार्यालयसहित होडिङ बोर्ड, उद्योगका कागजात बगाएको तथा क्षति भएको प्रतिव्रिmया दिएको र आफूहरू उद्योगको नवीकरणका साथै अन्य कागजात जुटाउने प्रव्रिmयामा रहेको जनाएको समन्वय अधिकारी ब्याञ्जूले बताउनुभयो ।
कार्यदलले उद्योगका आवश्यक कागजात कार्यदललाई उपलब्ध गराउनका लागि निर्देशनसमेत दिएको छ । यसैबिच कार्यदलले अनुगमनका व्रmममा बेथानचोक गाउँपालिका–५ मा सञ्चालित फाल्दे स्टोन स्ल्याब हाउस बन्द गराएको छ । अनुगमनका व्रmममा उक्त उद्योगले गाउँपालिकाबाट साधारण निर्वाहमुखी उद्योगका रूपमा इजाजत लिएको पाइएको थियो ।
उक्त उद्योगका प्रतिनिधिले आफूहरूले उद्योगको आइई प्रतिवेदन गाउँपालिकामा बुझाए पनि पालिकाबाट भने कुनै प्रव्रिmया अघि नबढाएको गुनासो गरेका थिए । अनुगमनका क्रममा उद्योगले नयाँ निर्माण सामग्री उत्खनन गरे पनि उनीहरूले भने बाढीपहिरोमा स्टक रहेको सामग्री बिक्री वितरण गरेको जानकारी दिएका थिए ।
बस्ती स्थानान्तरणको माग
पनौती नगरपालिकाले नगरभित्र सञ्चालित खानीजन्य उद्योगको अनुगमन गर्नका लागि वडा नम्बर–२ र १२ का वडाध्यक्षको संयोजकत्वमा छुट्टाछुट्टै अनुगमन कार्यदल गठन गरेको छ । वडा नम्बर–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारी संयोजकत्वको कार्यदलले वडाभित्रका खानीजन्य उद्योगको अनुगमन तथा घरधुरी सर्वेक्षणका गर्ने क्रममा बस्ती स्थानान्तरणको माग गरेका छन् ।
“हामीले वडाभित्रका घरको सर्वेक्षण गर्ने क्रममा उहाँहरूले आफूहरू खानी भएको स्थानमा बस्न नसक्ने प्रतिव्रिmया दिँदै तीन वटा माग अघि सार्नुभएको छ,” वडाध्यक्ष अधिकारीले भन्नुभयो । उहाँले स्थानीयवासीले आफूहरूको जग्गा खानी सञ्चालकले किनिदिनुपर्ने, जग्गा किन्न नसकेको खण्डमा राज्यले घडेरी र गोठ बनाउने जग्गा दिएको खण्डमा खेती गर्न आफ्नो जमिनमा जाने र त्यो पनि गर्न नसकेको खण्डमा आफूहरूको जग्गालाई खानी क्षेत्र घोषणा गर्न माग गरेको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।
उहाँले खानीजन्य क्षेत्रको अनुगमन गर्ने क्रममा डाँडा चिरा चिरा परेको र वर्षाको समयमा पुनः ठुलो क्षति हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।