चौथो यले दोङ बास्केटबलको उपाधि धरान मेघा कलेजलाई
चौथो यले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबलको उपाधि महिलातर्फ धरान मेघा हिमालयन कलेज र पुरुषतर्फको उपाधि झुनाज फिटेनसले चुमेको छ ।
अटो दुर्घटनामा एकको मृत्यु
रोल्पामा अटो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मन्दिरमा दान पेटिका राखिएपछि पुजारी असन्तुष्ट
धनुषाको धनुषाधामस्थित प्रसिद्ध धनुष मन्दिरमा दान पेटिका राखिएपछि त्यहाँका पुजारी असन्तुष्ट बन्नुभएको छ । गत शनिबार मेला व्यवस्थापन समितिको पहलमा मन्दिरमा पहिलो पटक दानपेटिका स्थापना गरेको थियो ।
रमेश र टेकबहादुर जोडीलाई भेट्रान कपको उपाधि
नेपालगन्ज उपमहानगरपालिका वडा –१ स्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा आयोजित प्रथम आन्तरिक भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उपाधि रमेश श्रेष्ठ र टेकबहादुर गुरुङको जोडीले जित्न सफल भएको छ ।
अवरोधले तीन सडकको काम प्रभावित
निर्माण सामग्री उत्खननमा प्रहरीले अवरोध सिर्जना गर्दा बागलुङ नगरपालिकामा निर्माणाधीन तीन सडकको काम प्रभावित भएको छ । विश्व बैंकको सहयोगमा निर्माणाधीन मूलपानीदेखि तितौरेसम्मको साढे ८ किमी, ओडारचौरदेखि ढोडेनीसम्मको साढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी सडकका लागि उत्खनन् गरेको सामग्रीमा प्रहरीको अबरोधपछि सडकको काम प्रभावित भएको हो ।
गरिब विद्यार्थीको अभिभावक बन्दै उपप्रमुख
कृषि प्राविधिक विषय पढेर उत्तीर्ण भएकी निशा दमाईले ६० हजार शुल्क तिर्न नसक्दा रोकिएको सर्टिफिकेट चार वर्षपछि प्राप्त गर्नुभयो । निशाले विद्यालयमा तिर्नुपर्ने शुल्क दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दले तिरिदिएपछि सर्टिफिकेट हात पार्नुभएको हो ।
सीमान्तकृत समुदायका लागि सुरक्षित आवास निर्माण
कैलालीको घोडाघोडी नगरपालिकाका विपन्न, सीमान्तकृत समुदायलाई सरकारले सुरक्षित आवास निर्माण गरिदिएपछि उनीहरुमा खुशी छाएको छ ।
मुस्लिम बालिकाले लगाए एचपिभी खोप
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु हुनुअघि सो अभियानमा संलग्न स्वास्थ्य कार्यालय बाँकेका अधिकांश कर्मचारीलाई यो अभियान मुस्लिम र मधेशी समुदायमा कसरी सफल पार्ने भन्ने चिन्ता थियो ।
सार्वजनिक स्थानमा फोहोर फाल्ने सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई जरिवाना
नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय सार्वजनिक स्थानमा फोहोर फाल्ने पसल, फर्म, संस्था र व्यक्तिमाथि कडा निगरानी गर्दै आएको छ । उपमहानगरपालिकाले नगरका कुनैपनि सार्वजनिक स्थानमा कुनै प्रकारको फोहोर फाल्नेहरुमाथि कडाई गर्दै जरिवाना गरेको हो।
नवलपुर महोत्सवप्रति महासंघको असहमति
नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती –१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ।
गोडैतामा १६ कोठे विद्यालय भवन
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिका –१२, मधुवनीमा १६ कोठे विद्यालय भवन निर्माण गरिएको छ । सङ्घीय सरकार र गोडैता नगरपालिकाको संयुक्त लगानीमा समपुरक अनुदान अन्तर्गत बैजनाथ माध्यमिक विद्यालयमा दुुई करोड ८० लाख ८६ हजार ९५० रुपियाँ खर्चिएर दुुई तले १६ कोठे भवन तयार पारिएको हो ।
थारू भाषा-संस्कृति संरक्षणमा घोराही उपमहानगर
घोराही उपमहानगरपालिकाले थारू भाषा, साहित्य तथा कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले थारू सङ्घसंस्थासँग समन्वय गर्दै थारू भाषाका दर्जनौं पुस्तक प्रकाशन गरेको छ ।
लिपिङ खोलामा ‘मेटेरी प्यानेल बृज’
नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका तातोपानीको लिपिङ खोलामा ‘मेटेरी प्यानेल बृज’ निर्माण सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न गरी नेपाली सेनाले सोमबार हस्तान्तरण गरेको छ ।
कुश्माका आदिवासी कुमाल समुदाय गुमनाम
कुनैबेला पर्वतको कुश्माका कुमाल समुदाय आफ्नै भाषा, संस्कृति, परम्परा, मौलिक सीप र कलाकौशलबाट सुसज्जित रहेकोमा समय बित्दै गर्दा गुमनाम बनेका छन् ।
चितुवाको छालासहित एक पक्राउ
कैलाली प्रहरीले चितुवाको छालासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पर्यटन प्रवर्धन गर्न देवचुलीमा महोत्सव
नवलपुरको दलदलेमा देवचुली महोत्सव हुने भएको छ ।
नाम्खा गाउँपालिका र स्तुपा सामुदायिक अस्पतालबिच सम्झौता
हिमाली जिल्लाको नाम्खा गाउँपालिका र राजधानीको स्तुपा सामुदायिक अस्पतालबिच उपचारमा विशेष छुट लिने सम्झौता भएको छ ।
स्थानीय तहका कर्मचारीले अल्टीमेटम दिँदै बुझाए ज्ञापनपत्र
कर्णाली सरकारले जारी गरेको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनले अन्याय परेको भन्दै आन्दोलित स्थानीय तहका कर्मचारीहरुले अन्तिम अल्टिमेटम दिएका छन् ।
सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी
सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् ।
भौगोलिक र विकट क्षेत्रबाट सेवा लिनै समस्या
सदरमुकाम तम्घासदेखि भौगोलिक हिसावले टाढा रहेका स्थानीयहरुलाई प्रशासननबाट सहज रुपमा सेवा लिन समस्या हुने गरेको छ ।
‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन
पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ ।
सवारी दुर्घटनामा शिक्षकको मृत्यु
मिथिला नगरपालिका–४, पुष्पवलपुरका पूर्णबहादुर विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्याङ्जामा लक्ष्यभन्दा बढीले लगाए एचपिभी खोप
स्याङ्जामा लक्ष्यभन्दा बढीले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निः शुल्क एचपिभी खोप लगाएका छन् ।
महिलालाई सीप सिकाउँदै स्थानीय तह
जिल्लाका स्थानीय तहहरुले महिलालाई सीप सिकाउन थालेका छन् । यहाँको अमरगढी नगरपालिका–५ अमरगढीका महिलाहरुलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ ।