पहलमान घर्ती
रोल्पा, माघ २९ गते । रोल्पामा अटो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका २ धरमपानीका इन्द्रबहादुर घर्तीको मङ्गलबार अटो दुर्घटनामा परी मृत्यु भएको हो ।
रुन्टीगढी गाउँपालिका ४ सुर्पाल बजारबाट २ नम्बर वडाको धरमपानी जाँदै गर्दा कच्ची बाटोमा अटो दुर्घटनामा परेको दुर्घटना स्थलमा पुग्नुभएका इलाका प्रहरी कार्यालय होलेरीका सई धनबहादुर रानामगरले जानकारी दिनुभयो ।
दुर्घटनामा परी अटो चालक रुन्टीगढी गाउँपालिका १ राम्लीका मनराज नेपाली र अटोमा सवार सुनिलस्मृति गाउँपालिका २ का मनबहादुर परियारको घाइते हुनुभएको छ । दुवैको अवस्था समान्य रहेको सई रानामगरले जानकारी दिनुभयो ।
अटोमा चालकसहित ३ जना सवार थिए । कच्ची सडक र बाटोमा खाल्डाखुल्डीका कारण दुर्घटना भएको हुनसक्ने उहाँकाे भनाइ छ ।