• २९ माघ २०८१, मङ्गलबार

चितुवाको छालासहित एक पक्राउ

blog

चितुवाको छालासहित पक्राउ परेका व्यक्ति । तस्बिर : जिल्ला प्रहरी कार्यालय

अविनाश चौधरी

धनगढी, माघ २९ गते । कैलाली प्रहरीले चितुवाको छालासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका–३ मेल्टाका २६ वर्षीय नरेश साउँद रहेका छन् । साउँदलाई धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित देवसिंह बोहराको मिलनसार गेस्टहासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले रितपूर्वक खानतलासी गर्दा साउँदले लुकाएर राखेको अवस्थाबाट आठ फिट दुई इन्च लम्बाई र दुई फिट दुई इन्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । 

चितुवाको छालासहित पक्राउ परेका साउँदलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको छ ।