वीरेन्द्रनगरबाट देखिएको सूर्योदय
सुर्खेत, माघ २९ गते । सुर्खेतको वीरेन्द्रनगरबाट मङ्गलबार बिहान देखिएको उदाउँदै गरेको सूर्य। तस्बिरः रासस
विद्युतीय गाडी चार्जिङ स्टेशन
नवलपरासी, माघ २९ गते । नवलपरासी [बर्दघाट–सुस्तापूर्व]को कावासोती–११ लोकाहामा निर्माण गरिएको चार्जिङ स्टेशनमा विद्युतीय गाडीहरु चार्ज हुँदै । नारायणघाटबाट २५ किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्गसँगै रहेको यस चार्जिङ स्टेशनमा साना, ठूला गरी एकैसाथ पाँचवटा गाडी चार्ज गर्ने क्षमता छ । तस्बिरः रासस
गोरुगाडामा पराल ओसार्दै किसान
सुनसरी, माघ २९ गते । सुनसरीको इनरुवा नगरपालिका १ मा गोरुगाडामा पराल ओसार्दै किसान । ट्याक्टरको बढ्दो प्रयोगसँगै पछिल्लो समय गोरुगाडाको प्रयोग न्यून हुँदै गएको छ । तस्बिरः रासस
जीर्ण पुलमा क्षमताभन्दा बढी भार
पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा पर्ने दुम्कीबासको विनयखोलाको पुल पुस २५ मा भाँचियो । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको मालवाहक ट्रक पुल पार गर्ने क्रममा पूर्वपट्टिको फलामको भाग भाँचिएपछि आवागमन नै बन्द भयो ।
धौलागिरि हिमाल
मुस्ताङ, माघ २९ गते । सोमबार दिउँसो आंशिक हिमपातपछि मङ्गलबार बिहान सेताम्मे देखिएको धौलागिरि हिमाल। यस वर्ष अझै पूर्ण हिमपात हुन सकेको छैन । तस्बिरः रासस
एउटै वडामा तीन वटा प्रहरी चौकी
राजन रावतहुम्ला माघ २९ गते । उत्तरी नाम्खा गाउँपालिका– ५ मा तीन वटा प्रहरी चौकी स्थापना भएर सञ्चालनमा रहेका छन् । चीनसँगको सीमा नाकासमेत रहेको वडा भएको कारण पन तीन वटा प्रहरी चौकी स्थापना भएका हुन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले नाम्खा गाउँपालिका– ५ मा तीन वटा प्रहरी चौकी स्थापना भएर सञ्चालनमा रहेको बताउनुभयो । पहिलो साबिकको गाविस हुँदा मुचु गाउँ विकास समितिको मुचुमा मात्र पञ्चायती व्यवस्थामा स्थापना भएको प्रहरी ठाना भए पनि बहुदलीय व्यवस्थापछि प्रहरी चौकीमा परिवर्तन गरिएको थियो । उत्तरतर्फको सम्पूर्ण नामा सो प्रहरी चौकीबाट हेर्ने गरिएको थियो । सङ्घीयतापछि सीमा सुरक्षा चौकी हिल्सा स्थापना गरिएको बताउँदै उहाँले त्यसपछि एउटा वडामा दुई वटा प्रहरी चौकी रहेको बताउनुभयो । पछि सीमा सुरक्षा चौकी हिल्सालाई सहयोग गर्ने उद्देश्यले सोही वडाका यारीमा प्रहरी चौकी स्थापना गरिएको हो । हाल मुचुमा रहेको प्रहरी चौकीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा चौकी सञ्चालन हुँदै आएको छ भने हिल्सामा रहेको सीमा सुरक्षा प्रहरी चौकी प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको छ । यता भरखरै स्थापना भएको यारी प्रहरी चौकी भने प्रहरी हवलदारको नेतृत्वमा सञ्चालन भएको छ । नेपालका हिमाली जिल्लाहरूमा एउटै वडामा तीन वटा प्रहरी चौकी रहेको जिल्लामा हुम्ला पनि पर्ने उहाँले बताउनुभयो । एउटा प्रहरीबाट अर्को प्रहरी चौकीमा पुग्न गाडीमा एक एक घण्टा समय लाग्ने गर्छ । हाल तीन वटै प्रहरी चौकीमा दरबन्दी अनुसार जनशक्ति भने रहेको छैन । एक वर्ष अगाडिसम्म हिल्सामा रहेको सीमा सुरक्षा प्रहरी चौकी हिउँदमा चार महिनाका लागि हिल्साबाट मुचुमा सार्ने गरिन्थ्यो । सशस्त्र प्रहरीको सीमा सुरक्षा प्रहरी हिल्सामा स्थापना भएर बाह्र महिना बस्न थालेपछि प्रहरी चौकी हिल्सामा पनि नेपाल प्रहरीको जनशक्ति बस्न थालेको हो । एक आपसमा समन्वय गरेर प्रहरी चौकीले काम गर्ने गरेको कारण सिमानामा सुरक्षा दिन सहज भएको उहाँले बताउनुभयो ।
पर्यटकको रोजाइमा थारू सङ्ग्रहालय
नवलपरासीपूर्व (नवलपुरको) कावासोती–१५, गोडारमा रहेको नवलपुर आदिवासी तथा थारू सङ्ग्रहालय पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
राहत नपाउँदा चिन्तित
गुल्मीमा वन्यजन्तुबाट खाद्यबाली र पशुधनको क्षति भएका किसानले लामो समयदेखि राहत पाउन सकेका छैनन् ।
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उहाँले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गर्नुभएको छ ।
सबै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम
कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागु भएको छ । यसअघि १५ वटा वडामा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । चालु आर्थिक वर्षदेखि प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।
भवन अभावमा त्रिपालमुनि पढाइ
भूकम्प गएको १५ महिनासम्म पनि विद्यालय भवन नबन्दा यहाँको एक विद्यालयले अझै पनि बालबालिकालाई त्रिपालमुनि पढाइरहेको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
जाखोर तालमा चरा अवलोकन
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको काखमा रहेको जाखोर ताल यतिखेर चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनेको छ ।
बागमती सभ्यताको संरक्षण
काठमाडौँ उपत्यका धार्मिक तथा सांस्कृतिक सम्पदाको धरोहर नै हो ।
आर्थिक समृद्धिका लागि निर्यात
हामीले आर्थिक समृद्धिभन्दा बुझ्नुपर्ने देशको भौतिक विकास, उत्पादनमा आत्मनिर्भर वातावरण संरक्षण, सामाजिक न्यायसहितको दिगो विकास र आमसमुदायमा आत्मीय तथा सांस्कृतिक जीवनपद्धतिको विकास हो ।
लैङ्गिक समानताका मुद्दा
लैङ्गिक समानता भन्नाले महिला र पुरुषबिच कुनै पनि क्षेत्रमा विभेद नरहेको स्थिति हो ।
कृत्रिम बुद्धिसम्बन्धी कानुन
परिवर्तनसँग विश्वमा नयाँ ज्ञान, सिप र आविष्कारको विकास हुँदै आएको छ ।
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
बागलुङ, माघ २९ गते । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यूनमात्र आउने गरेको जानकारी दिनुभयो । दैनिक २० देखि ५० जना सेवाग्राही मात्र परिचयपत्र लिन आउने गरेकाले थुप्रो लागेको हो । अहिले वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ । जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार आठ सय ८५ राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेको शाखा अधिकृत उपाध्यायले बताउनुभयो । तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन्भने १५ हजार आठ सय ३८ परिचयपत्र प्रशासनमै रहेको उहाँले बताउनुभयो ।परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको सङ्ख्या न्यून भएको हो । परिचयपत्र वितरणका लागि गलकोट नगरपालिकामा शिविर गर्ने तयारी जिल्ला प्रशासन कार्यालय बागलुङको रहेको छ । परिचयपत्र चाङ लाग्दा भण्डारणमा समस्या भएको जनाइएको छ । राष्ट्रिय परिचयपत्रविरुद्धको सर्वोच्चको रिट खारेजीको निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । नेपाली नागरिकता प्रमाणपत्रको कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन अन्तराष्ट्रिय मापदण्डको डिजिटल कार्डका रूपमा प्रयोग गर्न सकिने राष्ट्रिय परिचयपत्रमा बाहकको १० औठाछाप अङ्कित व्यक्तिको पहिचान समेटिन्छ ।चिपसहितको कार्डमा प्रिन्ट हुने यसमा वैयक्तिक र जैविक विवरण समेटिने छ । एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जाजस्ता सामग्री बोकेर हिँड्ने झन्झट हुँदैन । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार कुनै पनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचयपत्रलाई अनलाइन सिष्टममा लगेर व्यवस्थित गरिने छ ।
विद्यालय शिक्षाका जटिलता
शिक्षा राष्ट्रको मेरुदण्ड हो । शिक्षाले मानिसलाई गरिखाने सिप सिकाउनुका साथै स्वावलम्बी बन्ने बाटो देखाउँछ ।
‘लाज शरणम्’ मा मेयर शाहको स्वर
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र ‘लाज शरणम्’ गीतमा स्वर दिनुभएको छ । ‘नेपाल हाँसेको’ बोलको गीतमा मेयर शाहको स्वर, सङ्गीत र शब्द रहेको छ ।
धरहरा चढ्ने एक घण्टा समय थप, दुई महिनामै एक करोड ५२ लाख राजस्व संकलन
गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।
अमेरिकी डलरको भाउ पुनः बढ्यो
काठमाडौँ, माघ २९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४४ रूपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ९५ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रूपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ २० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रूपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ २३ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १२ पैसा र बिक्रीदर १९ रूपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ ।केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ तीन पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २५ पैसा र बिक्री दर ३१ रूपैयाँ ३८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६४ पैसा र बिक्रीदर नौ रूपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ३५ पैसा र बिक्री दर १९ रूपैयाँ ४३ पैसा तोकिएको छ ।राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १८ रूपैयाँ एक पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५२ रूपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५४ रूपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ७० रूपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ७२ रूपैयाँ ११ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६२ रूपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ६४ रूपैयाँ ३२ पैसा निर्धारण भएको छ ।यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
नागको चित्रले जन्माएका मूर्तिकार
मोरङको बेलबारी–११, लक्ष्मीमार्गका गणेश लामा सबैखाले मूर्ति र सालिक बनाउन सिपालु हुनुहुन्छ ।
मुस्ताङमा स्याउखेती विस्तार
गण्डकी, माघ २९ गते । गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउखेतीमा आकर्षित भएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैँचा विस्तारमा किसानलाई सघाउँदै आएको छ । मुस्ताङ र मनाङ स्याउखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो । मन्त्रालयले स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजना र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत किसानलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार मुस्ताङ र मनाङलाई मुख्य रूपमा केन्द्रित गरी स्याउखेती विस्तारको आयोजना सञ्चालन गरिएको हो । अन्य जिल्लाका उच्च पहाडी भेगका किसानले पनि पछिल्लो समय व्यावसायिक स्याउखेती सुरु गरेका छन् । मन्त्रालयले स्याउखेती र शितोष्ण फलफूल विस्तारमा बर्सेनि ठूलो बजेट खर्च गर्दै आएको छ । किसानलाई स्याउका बिरुवामा उपलब्ध गराउने गरिएको सचिव रेग्मीले बताउनुभयो । शितोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत पाँच सय २७ रोपनी क्षेत्रफलमा ओखर बगैँचा र छ हेक्टर क्षेत्रफलमा खुर्पानी बगैँचा विस्तार गरिएको छ । विस्तार गरिएको स्याउ तथा अन्य फलफूलखेतीबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी भइरहेका छ भने छ सय जनाभन्दा बढी रोजगारीमा जोडिएको मन्त्रालयले जनाएको छ । स्याउका लागि मुस्ताङमा एक सय टन क्षमताका दुई वटा चिस्यान केन्द्र पनि निर्माण गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार थासाङ गाउँपालिकाको टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फामा चिस्यान केन्द्र निर्माण गरिएको हो ।लोमान्थाङ गाउँपालिकाबाहेक मुस्ताङका चारै गाउँपालिमा उच्च घनत्वमा आधारित स्याउखेती विस्तार गरिएको छ । किसानले बिरुवामा ७५ प्रतिशत र खेती व्यवस्थापनमा ५० प्रतिशत अनुदान पाउने गरेका छन् । उच्च घनत्वको आधुनिक प्रविधिको स्याउखेतीतर्फ किसानको आकर्षण बढेपछि मुस्ताङमा मुस्ताङमा स्याउको क्षेत्रफल विस्तार भएको हो । रैथाने जातभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिँगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न पनि सजिलो हुने कृषि अधिकृत नेपालीले बताउनुभयो । छिटो र धेरै उत्पादन दिने भएपछि उक्त प्रविधिको स्याउखेतीतर्फ किसान आकर्षित भएका हुन् । उच्च घनत्वको स्याउखेतीका लागि एउटै बिरुवाको रु एक हजारदेखि रु एक हजार दुई सयसम्म मूल्यपर्ने जनाउँदै केन्द्रका कृषि अधिकृत नेपालीले बताउनुभयो । बगैँचा व्यवस्थापन पनि खर्चिलो भएकाले सरकारले थप अनुदान सहुलियत दिनुपर्ने किसानको माग छ । उक्त प्रविधिको स्याउखेती एक दशकअघि मात्र नेपाल भित्रिएको थियो । गण्डकी प्रदेशमा सुरुमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको थियो । यो स्याउका बिरुवा इटालीदेखि नेपाल भित्र्याइएको थियो । थोरै जग्गामा पनि धेरै बिरुवा लगाउन सकिने तथा छिटो र धैरै फल दिने हुँदा यो स्याउखेती फस्टाउँदै गएको हो । गाला, फुजी, गोल्डेनलगायत जातका स्याउखेती हुँदै आएको छ । एउटा स्याउको बोटले २५ वर्षसम्म उत्पादन दिने कृषि अधिकृत नेपालीले बताउनुभयो ।