ह्वाइटफिल्ड उत्कृष्ट
विज्ञान प्रदर्शनीमा डढेलो नियन्त्रण प्रणालीको नमुना बनाएको नयाँबजारस्थित ह्वाइटफिल्ड स्कुल उत्कृष्ट बनेको छ ।
शाक्य र लामिछाने प्रथम
चौथो ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२५’ मा नली शाक्य र प्रमिसा लामिछानेले उपाधि जित्नुभएको छ ।
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
म्याग्दी, माघ २९ गते । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२आँै शताब्दीमा बनेको हो ।समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो । गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको तीनवटा गुफामा रहेको गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने बेलामा काठको भर्याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्यास्थल पहराभित्र छिरेको गुफामा रहेको छ । लुरी गुम्बाको छोर्तेन प्राकृतिक भएको आनी ढोल्करले बताउनुभयो । आकर्षक भित्तेचित्र भएको छोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि छ । यहाँका चित्रहरू पन्ध्रौँ शताब्दीमा बनाइएको हो । पहराको ढुङ्गालाई नै थामको रूप दिई बनाइएकाले गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थाङ्का र पद्मसम्भवको मूर्ति रहेको छ । भुटानी कन्या विवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएको इतिहास छ ।स्थानीयवासीले यसलाई लुरी कावुङ भन्ने गर्छन् । अर्को किंवदन्तीअनुसार यारागाउँमा जन्मिएका उड्ने सिद्ध पाएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । गुम्बापारिको पहाडको चुचुरोलाई स्थानीयवासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन् । मुख्य गुम्बाभन्दा केही तल पेयुङखोलाको किनारमा अर्को गुम्बा पनि बनाइएको छ । दुवै ठाउँको गुम्बामा नियमित पूजाआजा हुने आनी ढोलकरले बताउनुभयो । लुरी गुम्बाको नजिकैको यारा र घारागाउँमा धर्मशाला र होटलको सुविधा छ ।लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट ध्यखोला, ध्ये, सुर्खाङ, यारा हुँदै एक घण्टा सवारीसाधनको यात्रापछि पुगिने घारागाउँबाट २० मिनेटको पैदलयात्रा गरेपछि दामोदरकुण्ड जाने बाटोमै रहेको लुरी गुम्बा पुगिन्छ । लोमान्थाङबाट लुरी सर्किट पदमार्गको प्रयोग गरेर पनि यहाँ जान सकिन्छ । चराङबाट घारा जाने क्रममा ध्ये, सुर्खाङ र यारागाउँ, अनौठा आकृति भएको पहाड अवलोकन गर्न पाइन्छ ।लोघेकर दामोदरकुण्ड गाउँपालिका र गण्डकी प्रदेश सरकारले सडकबाट लुरी गुम्बा पुग्ने ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका छन् । गाउँपालिका र प्रदेश सरकारको रु १५–१५ लाख बजेटमा उकालोमा करिब तीन सय मिटर पक्की पदमार्ग निर्माण भएको वडाध्यक्ष पासाङ गुरुङले बताउनुभयो । यस वर्ष सार्वजनिक शौचालय बनाउन रु पाँच लाख बजेट विनियोजन गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
भुइँ ऐँसेलुको व्यावसायिक खेती
बाँके जिल्लामा पहिलो पटक भुइँ ऐँसेलु (स्ट्रबेरी) व्यावसायिक खेती सुरु भएको छ । बैजनाथ गाउँपालिका–१, च्यामागाउँका ४३ वर्षीय सर्पराज बस्नेतले त्यस्तो खेती सुरु गर्नुभएको छ ।
तिस हजार टन युरिया आयातको टेन्डर
आउँदो धान बालीलाई मलको आपूर्ति व्यवस्था सहज गर्न ३० हजार टन युरिया मल आयातका लागि टेन्डर आह्वान गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार युरिया मलका लागि टेन्डर आह्वान गरेको हो ।
नेपाल–जापान सहयोग सम्बन्धबारे छलफल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ ।
नौ सय नब्बे मेगावाट राष्ट्रिय प्रसारणमा आउने
कर्णाली प्रदेशमा तीन निजी क्षेत्रले निर्माण गर्न लागेको जलविद्युत् आयोजनाको विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सम्झौता भएको छ ।
कतारबाट फिर्तीको अवसर
कतारमा अलेखबद्ध (भिसाको म्याद सकिएका वा गैरकानुनी रूपमा प्रवेश गरेका) रूपमा बसिरहेका आप्रवासीलाई जेल सजाय र आर्थिक जरिबानाबिना स्वदेश फर्किन तीन महिनाको समय दिएको छ ।
श्रमिकका लागि एक सय उनन्चास देश खुला, दस वटासँग सम्झौता
नेपाली श्रमिकका लागि १४९ वटा देश खुला गरिएको छ तर श्रम सम्झौता भने १० वटा देशसँग मात्रै भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार देशसँग श्रम सम्झौताको मसौदालाई टुङ्गो लगाएको छ ।
संविधान संशोधन राष्ट्रिय सहमतिमा : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
दक्ष ‘केयरगिभर’ लैजाने सम्झौता
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ । नेपाल र जापानका कम्पनीले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल–जापान सेवा आदानप्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हो ।
लोपको सँघारमा खरमजुर
नेपालको घाँसे मैदानमा पाइने सुन्दर चरा खरमजुर नेपालमा लोप हुने अवस्थामा पुगेको छ ।
कोशी ब्यारेजको विकल्प खोजी
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठुलो क्षति हुन सक्ने भएकाले नयाँ पुलको प्रस्ताव
‘व्यावसायिकतामा गोरखापत्र अब्बल छ’
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र राज्यको मिडियाको रुपमा विकसित हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको सोमबार आयोजित पाँचौ अधिवेशनको समुद्घाटन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
किशोरीहरुद्वारा प्रधानमन्त्रीलाई पत्राचार
विवाहको उमेरहद २० वर्ष नै यथावत राख्नु पर्ने सुझाबसहित धनुषाका किशोरीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अनुरोधसहितको पत्राचार गरेका छन् ।
शिक्षा ऐन चाँडै बन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संसदमा विचाराधीन अवस्थामा रहेको शिक्षा ऐन चाँडै बन्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिको चौथो अधिवेसनको सोमबार धनगढीमा उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रेस चौतारी गोरखापत्र अध्यक्षमा सापकोटा
नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा पुनः नगेन्द्र सापकोटा निर्वाचित हुनुभएको छ । उहाँको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।
गण्डकी गाउँपालिकामा फागुन १ गते सार्वजनिक बिदा
गोरखाको गण्डकी गाउँपालिकाले आगामी फागुन १ गते पालिकाभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको छ ।
शिक्षा क्षेत्रमा योगदान पुर्याउने पाँच सम्मानित
शिक्षा क्षेत्रमा योगदान पु¥याउने पाँच जना व्यक्तित्वलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिले सम्मान गरेको छ ।
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।
'मधेशका जनतालाई सङ्गठित गर्न केन्द्रको ध्यान पुगेकाे छ'
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशका जनतालाई सङ्गठित गर्ने तर्फ पार्टीको विशेष ध्यान रहेको बताउनुभएको छ ।
क्षतिग्रस्त बिपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार
सरकार क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग पुनःनिर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
'भ्रष्टाचार विरुद्धको लडाइँ सबैको साझा हो'
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले भट्टले भ्रष्टाचार विरुद्धको लडाइँ सबैको साझा भएको बताउनुभएको छ ।
आठबिसकोट नगरपालिकामा तोडफोड : अत्यावश्यक बाहेकका सेवा बन्द
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा तोडफोड भएको छ ।