बिहेमा झगडा हुँदा एक जनाको मृत्यु, छ जना पक्राउ
बाँकेको बैजनाथमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–८ स्थित पुष्पनगर बीचलाइनमा भएको ग्याङ फाइटमा खुकुरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । रोकायाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।
जाडो बिदापछि खुल्न थाले विद्यालय
लामो जाडो बिदापछि मनाङका विद्यालय खुल्न थालेका छन् ।
खुवा बिक्री गरेर मासिक एक लाख आम्दानी
हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आउनुभएको छ । उहाँ यसै पेसाबाट आत्मनिर्भर बन्दै आउनुभएको हो । उहाँको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ ।
जापान पठाउने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती पक्राउ
वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
बाख्रा उपहार पाएपछि उत्साह
स्याङ्जाको वालिङ नगरपालिका–२, तिलडाँडाकी मङ्गली दमाईं बाख्रा उपहार पाएपछि निक्कै उत्साहित हुनुहुन्छ ।
कुमारी कोरला
उचाइ त्यति धेरै त कहाँ हो र ? केवल करिब ४ हजार ७ सय मिटर मात्र न हो तर नछिचोलेको उचाइ पहिलो पटक छिचोल्दा अत्यन्तै प्रफुल्ल थियो मन । भन्नु नै पर्दा सगरमाथा चुम्दा तेन्जिङ–हिलारी के खुसी
वनभित्र निर्माण गरिएको रानी जलाशय
दाङ, माघ २८ गते । दाङको तुलसीपुर उपमहानगरपालिका १८ स्थित रानी सामुदायिक वनभित्र निर्माण गरिएको रानी जलाशय । सिँचाइ तथा पर्यावरणका लागि बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले उक्त जलाशय निर्माण गरेको हो । तस्बिरः रासस
तनहुँको शिवमूर्ति
तनहुँ, माघ २८ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकारको बटम स्टेशनमा निर्माण गरिएको ४२ फिट अग्लो शिवको मूर्ति । तस्बिरः रासस
मस्तिष्कघातको उपचारबारे छलफल
मस्तिष्कघात (स्ट्रोक) सम्बन्धी हाल आएको आधुनिक चिकित्सा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले नेपालगन्जमा वरिष्ठ न्युरो सर्जनहरू भेला भएका छन् ।
पैदलयात्रीको सहारा झोलुङ्गे पुल
वर्षायामको समयमा खोला तर्नभन्दा पनि लामो पैदलयात्राको दुरी कम गर्न झोलुङ्गे पुल स्थानीयका लागि सहारा बनेको छ ।
उदयपुरको जगदेश्वरी गुफा
उदयपुर, माघ २८ गते । उदयपुरको कटारी नगरपालिका १ खसिबासमा रहेको जगदेश्वरी महादेव गुफा । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो गुफा प्रचार प्रसार अभावमा ओझेलमा छ । तस्बिरः रासस
सिराहाको देवीदह
सिरहा, माघ २८ गते । सिराहाको लहान नगरपालिका—१७ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवीदह । ६ हेक्टर क्षेत्रफलमा फैलिएको याे पोखरी संरक्षण र संवर्द्धनको अभावमा कुरुप बन्दै गएको छ । तस्बिरः रासस
जोमसोम र आसपासका क्षेत्र
मुस्ताङ, माघ २८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बाबाट देखिएको जोमसोम सदरमुकाम र आसपासका क्षेत्रहरू । यस वर्ष हिमपात नहुँदा डाँडकाँडा सुख्खा देखिनुका साथै हिउँदे सिजनमा मुस्ताङ घुम्न आउने पर्यटकहरु हिउँ खेल्न नपाउँदा निराश भएका छन् । तस्बिरः रासस
श्री राघो बाबाको विधिवत् पूजाका लागि सजाइएको पूजास्थल
मटिहानी, माघ २८ गते । महोत्तरी जिल्लाको मटिहानीमा धानुक [मण्डल] जातिका कुलदेवता श्री राघो बाबाको आज विधिवत् पूजा गर्न सजाइएको पूजास्थल । मटिहानीमा प्रत्येक वर्ष माघ महिनामा धानुक जातिका कुलदेवता पूजा गर्ने गरिन्छ। तस्बिरः रासस
आहारा खोज्दै चरा
कञ्चनपुर, माघ २८ गते । शुक्लाफाँटा नगरपालिका २ स्थित तोरीबालीमा आहारा खोज्नका लागि बसेको काले झ्याप्सी चरा । खेतबारी, खरबारी, घाँसे मैदानमा वासस्थान भएको यो चरा रैथाने प्रजातिको हो । तस्बिरः रासस
ङिस्याङ उपत्यका र मर्स्याङ्दी नदी
मनाङ, माघ २८ गते । मनाङ ङिस्याङ गाउँपालिका ५ भ्राकास्थित मर्स्याङ्दी नदीको काठेपुल तरेर चरन क्षेत्रतिर जाँदै गरेको लुलुगाई र पृष्ठभूमिमा ङिस्याङ उपत्यका । तस्बिरः रासस
घोराही–तुलसीपुर सडक चार लेनको हुने
दाङको घोराही–तुलसीपुर सडकखण्ड चार लेनको बनाउने भनेर ठेक्का लाग्ने भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले स्थलगत अध्ययन गरी लागत अनुमानको फाइल तयार गरेर ठेक्का लगाउने तयारी गरेको छ ।
एचपिभी खोप लगाउन सुरु
सरकारले थालेको राष्ट्रिय खोप अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप जुम्लामा लगाउन सुरु गरिएको छ ।
प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ
कपिलवस्तुमा प्रहरीको सिआईडी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ पिपराका ३२ वर्षीय ऋषिराम घिमिरे र वडा नं. २ कप्टैयाका ३२ वर्षीय जीवन थापा रहको प्रहरीले जनाएको छ ।
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
काठमाडौँ, माघ २८ गते । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ ।यसैगरी, अरबी चितुवाका बारेमा चेतना जागृत गर्न संयुक्त राष्ट्रसङ्घको महासभाले फेब्रुअरी १० लाई अन्तर्राष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो । लोपोन्मुख यो वन्यजन्तु र यसको वासस्थानको संरक्षणका साथै जैविक विविधता जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिकएको हो । विश्वव्यापी पारिस्थितिकीय प्रणालीलाई जोगाउने प्रयासस्वरुप यो दिवसमा अरब क्षेत्रका देश, गैरसरकारी संस्था र समुदायका साथै राष्ट्रसङ्घीय निकायले चेतनामूलक विविध कार्यक्रम आयोजना गर्दै आएका छन् । जोखिममा परेका जन्तुको संरक्षणमा सरोकार भएका निकायलाई प्रोत्साहन गर्नु यो दिवसको मूल उद्देश्य हो ।
सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गरिने
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न महानगरले कुनै कसर बाँकी नराखेको बताउनुभएको छ । भरतपुर–९ मा रहेको शरदपुर
आयोजना बैङ्क कार्यविधि निर्माणको तयारी
प्रदेश सरकारले आयोजना बैङ्क निर्माण गरेर कार्यान्वयन गर्न लागेको छ । आयोजना बैङ्क कार्यान्वयनका लागि कार्यविधि निर्माण गर्न लागिएको हो । कार्यविधि निर्माणका लागि मन्त्री तथा मन्त्रालयका सचिवबिच छलफल गरिएको प्रदेश योजना आयोगले जनाएको छ ।
सुक्खा पहिरोले यातायात अवरुद्ध
कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खच्चा सडकखण्ड अवरुद्ध भएको छ । पटक पटक सुक्खा पहिरो आउने गरेको खच्चामा आइतबार बिहान पनि सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पढ्दै कमाउँदै गर्न सिकाइरहेका छौँ
पश्चिम मोरङको सुन्दरहरैँचा नगरपालिका जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर भएको नगरपालिका हो । साबिकका कोशीहरैँचा र सन्दरदुलारी नगरपालिकालाई समायोजन गरी निर्माण भएको यो नगरपा