• २८ माघ २०८१, सोमबार

सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गरिने

blog

भरतपुर–९ मा रहेको शरदपुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्नुहुँदै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ।

चितवन समाचारदाता

चितवन, माघ २८ गते  । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न महानगरले कुनै कसर बाँकी नराखेको बताउनुभएको छ ।

भरतपुर–९ मा रहेको शरदपुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रमुख दाहालले महानगरको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न एक कक्षाकोठा एक शिक्षक, दिवा खाजामा सङ्घीय सरकारले दिने १० रुपियाँमा पाँच रुपियाँ थप, छात्रालाई साइकल वितरण, छात्रावृत्ति, न्यानो कपडा वितरणलगायतका धेरै कार्य गरिरहेको उल्लेख गर्नुभयो ।

प्रमुख दाहालले राज्यले शिक्षा क्षेत्रमा ठुलो लगानी गरे पनि त्यस अनुसारको नतिजा प्राप्त गर्न नससकेको भरतपुरले शिक्षामा फड्को मारेको बताउनुभयो । “शैक्षिक सेवामा ५० वर्ष पूरा गर्नु चानचुने कुरा होइन,” उहाँले भन्नुभयो, “हामीले शिक्षामा फड्को मारेका छौँ । प्रविधिमैत्री शिक्षामा जोड दिएका छौँ ।” विद्यार्थीलाई पढाइमा मात्र नभई अतिरिक्त व्रिmयाकलापमा पनि सहभागी गराउनुपर्ने बताउँदै प्रमुख दाहालले छिट्टै नै राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

“त्यहाँ पनि विद्यार्थी भाइबहिनीको सहभागिता रहने छ,” उहाँले भन्नुभयो, “महानगरपालिकाका सबै सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी भाइबहिनीलाई अवसर दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।” व्यावहारिक शुव्रmबार भनेर विद्यार्थीलाई विद्यालयमा व्यावहारिक तथा नैतिक ज्ञान दिने काम भइरहेको प्रमुख दाहालको भनाइ थियो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न परिवार, सामाजिक अगुवा, शिक्षक, कर्मचारी र विद्यार्थीको भूमिका महìवपूर्ण रहने धारणा राख्नुभयो । समुद्घाटन समारोहमा विद्यालयको उन्नतिमा योगदान दिने विभिन्न महानुभावलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा विद्यार्थीले गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए । कार्यव्रmम हुनुपूर्व भरतपुर–८ र ९ का चोकबाट ¥याली निकालिएको थियो ।