• १ चैत २०८१, शुक्रबार

पैदलयात्रीको सहारा झोलुङ्गे पुल

blog

तम्घास समाचारदाता

तम्घास, माघ २८ गते । वर्षायामको समयमा खोला तर्नभन्दा पनि लामो पैदलयात्राको दुरी कम गर्न झोलुङ्गे पुल स्थानीयका लागि सहारा बनेको छ । 

गुल्मी जिल्लाको मालिका गाउँपालिका–५, छापहिले लाकुरीदेखि वडा नम्बर २ चुत्राबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । यो पुल खोला तर्नका निम्ति सबैलाई निकै सजिलो भएको छ । त्योसँगै जिल्लाका चार स्थानमा निर्माण भएका पुलले गाउँको पैदलयात्राको दुरी कमसँगै पर्यटकीय गन्तव्यमा समेत टेवा पुगेको यहाँका स्थानीयले जनाएका छन् ।   

पुल निर्माण भएसँगै वारिपारि गर्ने दुई घण्टाको दुरी केही मिनेटमै पुग्ने गरेको मालिका गाउँपालिका–६ का पूर्ववडाध्यक्ष एवं अगुवा नेता शोभाखर गिरीले बताउनुभयो । पुल निर्माण भएसँगै भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका मालिका गाउँपालिका–१, २ र ३ का नागरिकलाई पैदलयात्रा कम भएको उहाँले बताउनुभयो । 

त्यो वडाबाट गाउँपालिकासम्म पुग्न दुरी कम मात्र भएको छैन, मालिका–५ का नागरिकलाई भारतको दार्जिलिङसम्म किनमेल जानका लागि पनि दुरी छोटो हुने भएको छ । उक्त पुलको लम्बाइ ३७५ मिटर लम्बाइ रहेको छ भने दुई करोड तीन लाख ४० हजार लागतमा निर्माण भएको छ । केही समयपहिले जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको पर्यटकीय स्थल विचित्र गुफा पुग्ने स्थानमा धुर्कोट–५ र इस्मा गाउँपालिका–६ जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ ।