किशोरीहरुद्वारा प्रधानमन्त्रीलाई पत्राचार
विवाहको उमेरहद २० वर्ष नै यथावत राख्नु पर्ने सुझाबसहित धनुषाका किशोरीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अनुरोधसहितको पत्राचार गरेका छन् ।
शिक्षा ऐन चाँडै बन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संसदमा विचाराधीन अवस्थामा रहेको शिक्षा ऐन चाँडै बन्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिको चौथो अधिवेसनको सोमबार धनगढीमा उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रेस चौतारी गोरखापत्र अध्यक्षमा सापकोटा
नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा पुनः नगेन्द्र सापकोटा निर्वाचित हुनुभएको छ । उहाँको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।
गण्डकी गाउँपालिकामा फागुन १ गते सार्वजनिक बिदा
गोरखाको गण्डकी गाउँपालिकाले आगामी फागुन १ गते पालिकाभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको छ ।
शिक्षा क्षेत्रमा योगदान पुर्याउने पाँच सम्मानित
शिक्षा क्षेत्रमा योगदान पु¥याउने पाँच जना व्यक्तित्वलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिले सम्मान गरेको छ ।
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।
'मधेशका जनतालाई सङ्गठित गर्न केन्द्रको ध्यान पुगेकाे छ'
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशका जनतालाई सङ्गठित गर्ने तर्फ पार्टीको विशेष ध्यान रहेको बताउनुभएको छ ।
क्षतिग्रस्त बिपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार
सरकार क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग पुनःनिर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
'भ्रष्टाचार विरुद्धको लडाइँ सबैको साझा हो'
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले भट्टले भ्रष्टाचार विरुद्धको लडाइँ सबैको साझा भएको बताउनुभएको छ ।
आठबिसकोट नगरपालिकामा तोडफोड : अत्यावश्यक बाहेकका सेवा बन्द
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा तोडफोड भएको छ ।
गुहाटीमा रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहितको विज्ञ टोली आज गुहाटी पुगेको छ ।
कालीगण्डकी नदी किनारमा वृद्ध मृत फेला
स्याङ्जाको चापाकोट नगरपालिका–८ ज्याग्दीघाटस्थित काली गण्डकी नदीको किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
वालिङमा सडक दुर्घटना : एकको मृत्यु
स्याङ्जाको वालिङमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
धनुषामा बाँस सामग्रीको प्रदर्शनी
धनुषाको धनुषाधामा बाँस सामग्री प्रदर्शनी राखिएको छ । हाबिटाट फर ह्युमनिटी नेपालको सहयोग तथा सामुदायिक सुधार केन्द्र धनुषाको साझेदारीमा दुईदिने बाँस साम्रगीको प्रदर्शनी राखिएको हो ।
चाख्लीघाटमा सार्वजनिक बस सेवा, स्थानीय खुशी
विकासको हिसाबले पछाडि परेको घोराही उपमहानगरपालिका–२, चाख्लीघाटमा पहिलो पटक सार्वजनिक बस सेवा सुरु भएको छ ।
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो ।
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ ।
मदनआश्रित भवनकाे शिल्यान्यास
जिल्ला सदरमुकाम धादिङबेसीमा मदनआश्रित भवन निर्माणका लागि शिल्यान्यास गरिएको छ ।
कास्की कारागारमा पानीको समस्या
कैदीबन्दी र थुनुवा राख्न कास्की जिल्ला कारागारमा ४ सय २० जनाको क्षमता छ । तर कैदीबन्दी र थुनुवा गरी अहिले ७ सय ७८ जना राखिएको छ ।
पाथीभरा केबलकार निर्माणमा अवरोध नगर्न आग्रह
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले पाथीभरा केबलकार निर्माणको काममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ ।
दोस्रो उराँव लोक सांस्कृतिक कार्यक्रम सुनसरीमा
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा र कुडुख म्यूजिक समूहको सह–आयोजनामा दोस्रो उराँव लोक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
आत्महत्या न्यूनीकरण गर्न सचेतना
पछिल्लो समयमा गुल्मीमा आत्महत्याको दर बढ्दै गइरहेको हुँदा इस्मा गाउँपालिकामा आत्महत्या न्यूनीकरण गर्न सचेतना कार्यक्रम थालिएको छ।
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहन रोक्नका लागि अनुगमन तीव्र बनाउनुभएको छ ।
व्यासमा बहुजातीय सांस्कृतिक कार्यक्रम
व्यास नगरपालिकाभित्रका भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्ने उद्धेश्यले दमौलीमा तीन दिने बहुजातीय सांस्कृतिक कार्यक्रम हुने भएको छ ।