जयकृष्ण यादव
इनरुवा, माघ २८ गते । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा र कुडुख म्यूजिक समूहको सह–आयोजनामा दोस्रो उराँव लोक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । इनरुवा–२, करम टोड्कामा कोशी प्रदेशका विभिन्न जिल्लाका उराँव बालबालिका, युवाहरु र कलाकारहरुको सहभागितामा गायन र नृत्य प्रस्तुत गर्दै दोस्रो उराँव लोक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अभिनय र लोक सांस्कृतिक प्रस्तुत गर्नुभएको कलाकार तथा सहभागिलाई उहाँहरुको कलाको सम्मान गर्दै सम्मान स्वरुप खादा र सम्मान पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउाँपलिका, इनरुवा नगरपालिका, गढी गाउँपालिका, दुहबी नगरपालिका, बर्जु गाउँपालिका, देवानगन्ज ,हरिनगर बराहक्षेत्र नगरपालिका साथै मोरङको विराटनगर, बुढीगंगा, सुन्दहरैचा, पथरी शनिश्चरे, कटहरी र उदायपुरको बेलका नगरपालिका लगायतका कोशी प्रदेशका ३ जिल्लाका उराँव बालबालिका,युवा विद्यार्थी कलाकारहरुको सहभागितामा लोक साँस्कृतिक कार्यक्रम सम्पन्न गरेकोे प्रतिष्ठानका अध्यक्ष अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।
अध्यक्ष उराँवका अनुसार उराँव समुदायको प्रतिभा प्रस्फुटनका लागि दोस्रो उराँव लोक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । सहभागीहरुले उराँव तथा कुडुख भाषाको मौलिक गीत तथा नृत्य प्रस्तुत गरेको थियो । कोशी प्रदेशका तीन जिल्लाका २० समूहमा ८३ जना उराँवहरुले अभिनय गरेका थिए ।
कार्यक्रममा सहभागी भएकाहरुले आफ्नो कला र प्रतिभा प्रस्तुत गरेको भन्दै ८३ जनालाई पुरस्कार, सम्मान तथा प्रमाणपत्र हस्तान्तरण गरेको प्रतिष्ठानका सम्पतलाल उराँवले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष बेचन उराँव, सचिव सम्पत लाल उराँव, कोषाध्यक्ष रामलाल उरांव र प्रमुख अतिथि इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले सहभागीलाई पुरस्कार, प्रमाण पत्र तथा सम्मान पत्र हस्तान्तरण गर्नुभयो । नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानको योजनामा दोस्रो उराँव लोक सांसस्कृतिक कार्यक्रम २०८१ भव्यताको साथ सम्पन्न गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा कोशी प्रदेशको तीन जिल्लाका उराँव कलाकार तथा साहित्यकारहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी गढी गाउपालिका–४, छिटाहाका सावन उराँवले ऐतिहासिक कार्यक्रम भएको प्रतिक्रिया दिनुभयो । नृत्य प्रस्तुत गर्नुभएकालाई कलाको सम्मान गर्दै सम्मान स्वरुप खादा र सम्मान पत्र प्रदान गरिएको आयोजक समितिका दुर्गानारायण उराँवले जानकारी दिनुभएको छ ।
कार्यक्रम नेपाली उराँव आदिवासी जनजाति प्रतिष्ठान र कुरुख संगीत समूह कोशिको सन्युक्त योजनामा सम्पन्न भएको प्रतिष्ठानका देवप्रकाश उराँवले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले गर्नुभएको थियो । भने समापन्न कार्यक्रमा प्रतिष्ठानका पदाधिकारी सहित पत्रकार जयकृष्ण यादव , सुरेन्द्र कुशवाहा लगायतकाले उपस्थिती रहेको थियो ।