राधाकृष्ण डुम्रे
वालिङ, माघ २८ गते । स्याङ्जाको चापाकोट नगरपालिका–८ ज्याग्दीघाटस्थित काली गण्डकी नदीको किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ८७ वर्षीय वृद्ध देबिलाल भट्टराईको शव कालीगण्डकी नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
माघ २१ गते दिउसो घरबाट हिँड्नुभएका भट्टराईको मृत्युको कारण खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो।
भट्टराईको शवलाई पोष्टपार्टमाको लागि चापाकोट अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।