• ८ वैशाख २०८२, सोमबार

गण्डकी गाउँपालिकामा फागुन १ गते सार्वजनिक बिदा

blog

गुणबहादुर रोका 

सुलीकोट, माघ २८ गते । गोरखाको गण्डकी गाउँपालिकाले आगामी फागुन १ गते पालिकाभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनको लागि २०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र युद्धको क्रममा शहादात प्राप्त गरेको स्मरण र शहिदहरुको सम्मानमा आगमी फागुन १ गते पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गण्डकी गाउँपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सशस्त्र युद्ध दिवसको दिन फागुन १ गते गाउँकार्यपालिकाको माघ ८ गतेको निर्णय अनुसार पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, अर्ध तथा गैरसरकारी संस्था, शिक्षण संस्थाहरु लगाएत पालिकाभित्रका सबै निकायहरुमा सार्वजनिक बिदा दिइएको सार्वजनिक गरेको सूचनमा उल्लेख गरिएको छ । 

गोरखामा रहेका ११ वटा स्थानीय तहहरुमध्ये गाउँकार्यपालिकाको बैठकबाट निर्णय गरी गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रशासकिय अधिकृत किरण बाबु कट्टेलद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।