• २९ माघ २०८१, मङ्गलबार

प्रेस चौतारी गोरखापत्र अध्यक्षमा सापकोटा

blog

प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको नवनिर्वाचित कार्य समिति । तस्बिरः शेखर चौलागाई

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २८ गते । नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा पुनः नगेन्द्र सापकोटा निर्वाचित हुनुभएको छ । उहाँको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । 

आज भएको शाखाको पाँचौ अधिवेशनले सापकोटाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । शाखाको उपाध्यक्षद्वयमा मनोजरत्न शाही, सपना थामी, सचिवमा केशब गुरुङ, सहसचिवद्वयमा प्रमोदकुमार टण्डन र सागर बस्नेत, कोषाध्यक्षमा महिमा देवकोटा चयन हुनुभएको छ । 

त्यस्तै, सदस्यहरुमा विनु श्रेष्ठ, दीपा चौधरी, अर्पणा अधिकारी, आशा गुप्ता साह, ममता गिरी र इन्दिरा अर्याल सर्वसम्मत चयन हुनुभयो । 

निर्वाचन सम्पन्न गर्न चार सदस्य निर्वाचन समिति चयन गरिएको थियो । निर्वाचन समितिको संयोजकमा केपी गौतम, सदस्यहरुमा लक्की चौधरी, लीलाधर उपाध्याय, र सरोज ढुङ्गेल सदस्य रहनुभएको थियो । 

अधिवेशनले दुई जना केन्द्रीय प्रतिनिधि र चार जना प्रदेश प्रतिनिधि पनि चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा लक्की चौधरी र अर्पणा अधिकारी चयन हुनुभएको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा शेखर चौलागाई, ममता गिरी, विनु श्रेष्ठ र महिमा देवकोटा चयन हुनुभयो । 

बन्दसत्रमा अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस चौतारी नेपाल प्रतिष्ठान इन्चार्ज मोहन बास्तोलाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । 

सो अवसरमा इन्चार्ज बास्तोला, निर्वाचन समितिका संयोजक केपी गौतम, सदस्य लक्की चौधरीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै संगठनात्मक काममा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभएको थियो ।