• २९ माघ २०८१, मङ्गलबार

मस्तिष्कघातको उपचारबारे छलफल

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, माघ २८ गते । मस्तिष्कघात (स्ट्रोक) सम्बन्धी हाल आएको आधुनिक चिकित्सा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले नेपालगन्जमा वरिष्ठ न्युरो सर्जनहरू भेला भएका छन् । नेपाल स्ट्रोक एसोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको आयोजनामा नेपालगन्ज न्युरो एन्ड जनरल हस्पिटलले सञ्चालन गरेको ‘स्ट्रोक मास्टर क्लास’ कार्यक्रममा देशका वरिष्ठ न्युरो सर्जनहरूको उपस्थिति रहेको छ ।  

नेपालगन्जमा पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको जनाउँदै नेपालगन्ज न्युरो एन्ड जनरल हस्पिटलका प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन डा. जोसन न्यौपानेले कार्यक्रममा न्युरो रोगसम्बन्धी आधुनिक उपचार पद्धतिका सम्बन्धमा धेरै जानकारी आदानप्रदान गर्न पाइएको बताउनुभयो । उहाँले कार्यक्रममा न्युरोसँग सम्बन्धित वरिष्ठ एवं विशेषज्ञ चिकित्सक, फिजिसियन, फिजियोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीले नयाँ अनुसन्धान, प्रभावकारी उपचार पद्धति र न्युरोलोजी क्षेत्रमा भएका नवीनतम् उपलब्धिका बारेमा विस्तृत जानकारी आदानप्रदान गरेको बताउनुभयो ।