काठमाडौँ, माघ २९ गते । चौथो ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२५’ मा नली शाक्य र प्रमिसा लामिछानेले उपाधि जित्नुभएको छ । क्याफे थिमतर्फ प्रमिसा र थेसिस थिमतर्फ नली विजेता बन्नुभएको हो । एक्स्पोमा थेसिसतर्फ सानुमाया बाँनिया दोस्रो र दुर्गादेवी पौडेल तेस्रो घोषित हुँदा क्याफेतर्फ जिनिसा महर्जन दोस्रो र रोशन लामिछाने तेस्रो हुनुभयो ।
इन्टेरियर डिजाइनर्स् एसोसियसन नेपाल (आइडिया नेपाल) का पूर्वअध्यक्ष सानुराजा शिल्पकार, विन्द्रा कक्षपति प्रधानलगायतले विजेतालाई पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा थेसिस श्रेणीतर्फ निभास श्रेष्ठ र क्याफे डिजाइनतर्फ प्राची ठाकुरले पब्लिक च्वाइस अवार्ड जित्न सफल हुनुभयो । ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२५’ को निर्णायकमा क्याफेतर्फ मुकेश महर्जन र रिजु महर्जन तथा थेसिसतर्फ रञ्जन प्रजापति र जरिना वज्राचार्य रहनुभएको थियो ।